मधु शाहीलाई ‘आर्ट प्रमोटर अवार्ड’
screennepal
प्रकाशित: २०७२, २६ चैत्र शुक्रबार
no img

काठमाडौं । अरुपण ग्यालरीले हरेक वर्ष प्रदान गर्दै आएको नन्दादेवी खनालको नाममा स्थापित विभिन्न कलाका विधामा दिने सम्मान बुधबार एक समारोहबीच अग्रज कलाकार हरिप्रसाद शर्माले प्रदान गरे । एक वर्षअघि घोषणा गरिएको सम्मान विशेष कारणले रोकिएको थियो । नेपाली कलाको विकास र श्रीबृद्धिमा योगदान दिने कलाकारलाई यो सम्मानबाट सम्मनित गरिदै आएको हो ।

Nandadevi01
कला क्षेत्रमा विशेष योगदान दिने कलाकार, कला पत्रकार, समीक्षक तथा प्रवद्र्धकलाई सम्मान दिदैं आएको ग्यालरीका निर्देशक श्रीमति रीता खनालले बताइन् । कलासम्बन्धी खोज अनुसन्धान, प्रदर्शनी तथा अन्य सिर्जनात्मक गतिविधि गर्दै आएको ग्यालरीले नेपाली कलाको विकास र प्रवद्र्धनात्मक कार्य गर्दै आएको ग्यालरी सञ्चालक रमेश खनालले बताए ।
यस वर्षको ‘लाइफ टाइम अचिभमेन्ट स्पेसल आर्टिस् अवार्ड’ बाट अग्रज कलाकार कृष्णगोपाल रञ्जितलाई सम्मान गरियो । ‘ट्रेडिस्नल आर्टिस्ट अवार्ड’ बाट थाङ्का क्षेत्रमा साढे चार दशकभन्दा लामो समयदेखि काम गर्दै आएका वरिष्ठ कलाकार मानबहादुर दोङ, ‘आर्ट क्रिटिक्स स्पेसल अवार्ड’ बाट मुकेश मल्ल, ‘कमर्सियल आर्टिस्ट स्पेसल अवार्ड’ बाट कलाकार तथा डिजाइनर अशोकमान सिंह, ‘आर्ट मिडिया अवार्ड’ बाट कान्तिपुरकर्मी तथा नेपाल ललितकला पत्रकार समाजका सचिव मधु शाही, ‘आर्ट प्रमोटर अवार्ड’ बाट व्यवसायी विनोद अग्रवाल र ‘क्रिएटिभ आर्टिस्ट अवार्ड’ बाट इलामका मूर्तिकार विष्णु श्रेष्ठलाई सम्मान गरिएको हो । कलाकार एवम् ग्यालरीका निर्देशक रमेश खनालले आफ्नी आमाको नाममा स्थापना गरेको नन्दादेवी खनाल ललितकला सम्मान पनि प्रत्येक वर्ष प्रदान गर्दै आएका छन् ।

Comments