एचडी प्रविधिमा आयो स्काई टेलिभिजन
screennepal
प्रकाशित: २०७२, २४ चैत्र बुधबार
no img

काठमाडौं । ‘स्काई’ टेलिभिजन च्यानलले एचडी ‘फम्र्याट’ प्रविधिमा मा आफ्नो प्रसारण प्रारम्भ गरेको छ । मंगलबारबाट यो टेलिभिजन च्यानल एचडी प्रविधिमा प्रसारणमा ल्याइएको टेलिभिजनका कार्यक्रम प्रमुख शैलेन्द्र खोखालीले बताए । योसँगै स्काई टेलिभिजन नेपालको पहिलो एचडी टेलिभिजन च्यानल बनेको छ । करिब ७ महिनाअघि प्रसारणमा ल्याइएको यो च्यालनमा समाचार बुलेटिन, मनोरञ्जनलगायत विभिन्न सुचनामूलक कार्यक्रम उत्पादन तथा प्रसारण गर्दै आएको छ ।

12472413_10206218064747292_3488598359906015772_n
टेलिभिजनका अध्यक्ष राजन श्रेष्ठका अनुसार समयको मागअनुसार टेलिभिजनलाई एचडी प्रविधिमा ल्याइएको हो । टेलिभिजनको दायरा विस्तारै बढाउँदै लैजाने पनि अध्यक्ष श्रेष्ठले बताए । यो टेलिभिजन ललितपुरको सानो हात्तीवनका केन्द्रीय कार्यालय रहेको छ ।

Comments