‘विश्व रंगमञ्च दिवस’ मनाइयो
screennepal
प्रकाशित: २०७२, १६ चैत्र मंगलवार
no img

 काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थिएटर मल र ज्योतिपुञ्ज साइन थिएटरको सहआयोजनामा थिएटर मल सुन्धारामा ‘विश्व रंगमञ्च दिवस’ मनाइएको छ । प्राज्ञ रमेश रञ्जन झाको संयोजकत्वमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) रहेका थिए । कार्यक्रममा प्राज्ञ पुष्कर गुरुङले विश्व रंगमञ्च दिवसको सन्देश वाचन गरेका थिए । विश्व रंगमञ्च दिवस–२०१६ को सन्देश रसियाका नाट्य निर्देशक एनातोली वेस्सीलिएभले लेखेका हुन् ।

???????????????????????????????

प्राज्ञ पुष्कर गुरुङले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै ‘विश्व रंगमञ्च दिवस सन् १९६२ देखि प्रत्येक २७ मार्चका दिन संसारका लगभग सय आई.टि.आई. सेन्टरहरुमार्फत मनाउँदै आएको बताए । नेपालमा पनि सन् २००० देखि यस दिवसलाई मनाईदै आएको हो । यस वर्ष नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा यसै सन्दर्भमा यस कार्यक्रमको आयोजना गरिएको हो ।

???????????????????????????????
यसै अवसरमा प्राज्ञ कृष्ण शाह ‘यात्री’ले २०६० पछिको नेपाली रंगमञ्च विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । वृहत अध्ययन अनुसन्धान गरि तयार गरिएको उक्त कार्यपत्रमा वि.सं. २०६० साल अगाडि स्थापित भई २०६० पछि नेपालमा सक्रिय नाट्य संस्थाहरु र रंगकर्मीबारे सक्षिप्त परिचय गरिएको थियो । कार्यक्रममा प्रियंका झा र अशोक शिवाकोटीले एकल प्रस्तुति गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा कुलपति सरुभक्तले त्रासको रंगमञ्च नभएर प्रेमको र सद्भावको रंगमञ्चको आवश्यकता रहेको बताए । रंगमञ्च दिवसमा राजधानीका थुप्रै नाट्यसंस्थाका निर्देशक, लेखक र रंगकर्मीहरुको उपस्थिति थियो । कार्यक्रममा प्राज्ञ परिषद् सदस्यहरु उदय श्रेष्ठ, माधव प्रधान र पवित्रा घर्तिको पनि उपस्थिति रहेको थियो ।

Comments