नर्भिकमा पहिलोपटक ४०० ग्रामको असामान्य प्रोष्टेट शल्यक्रिया
screennepal
प्रकाशित: २०७२, ११ चैत्र बिहीबार
no img

काठमाडौं । अनारमनी– ७ विर्तामोडस्थित कुमार ग्यारेजका प्रोप्राइटर शरद कुमार श्रेष्ठ विगत लामो समयदेखि मधुमेह, मुटुको असामान्य गति, उच्च रक्तचापबाट पीडित रहँदै आएका थिए । तत्सम्बन्धित समस्या निराकरण गराउन उपचाररत पनि थिए । पछिल्लो समय उनलाई पिसाव अत्यधिकरुपमा पोल्ने समस्याले पिरोल्न थाल्यो । नेपाल लगायत पश्चिम बंगालका धेरै हस्पिटलहरू उनले चाहारे ।

DSCN5114

गत जुलाई २०१५ मा सिलिगुडीस्थित एक नाम चलेकै हस्पिटलमा उनी पुनः जचाउन पुगे । उनको शरीरको सम्पूर्ण जाँच पड्ताल गरियो । तर उच्च रक्तचाप, मुटुको असामान्य गति र मधुमेह भएको मात्रै पत्ता लगाइयो । पिसाव फेर्न गाह्रो हुने र पिसाव अत्यधिक पोल्ने समस्या भने उनमा ज्यूँका त्यूँ नै रह्यो । उनी ज्यादै बेचैन भए र पुनः जनवरी २०१६ मा सिलीगुडी पुगे । सम्पूर्ण जाँच÷पड्तालका साथ उनको पेटको भिडियो एक्स–रेले उनको प्रोस्टेटमा पत्थरी वा सानो ट्युमर रहेका हुनसक्ने शंका गर्दै उनलाई या त भारतकै स्तरीय हस्पिटलमा या काठमाडौं जाने सल्लाह दिइएछ । त्यति बेलासम्म पिसाव अत्यधिक पोल्नुका अतिरिक्त उनलाई ज्वरो पनि आउन थालिसकेको थियो ।
तत्पश्चात् गत शिवरात्रीका दिन उनको परिवारले निज श्रेष्ठलाई काठमाडौं उता¥यो । भोलिपल्टै उनी नर्भिक पुगे र नर्भिकका मूत्ररोग शल्यचिकित्सक डा. भरतबहादुर भण्डारीले उनलाई जाँचे । पहिले गरिएका सबै परीक्षण पुनः गर्दै थप एम.आर.आई. गराउँदा उनको प्रोष्टेट ग्रन्थी असामान्य रुपमा बढी ४०० ग्रामको भएको पाइयो ।
बिरामीमा उच्च रक्तचाप, मधुमेह र मुटुको असामान्य गतिका कारण तत्सम्बन्धी समस्या सामान्य अवस्थामा नल्याइएसम्म शल्यक्रिया गर्नु उपयुक्त नभएको हुँदा केही समय श्री श्रेष्ठलाई भर्ना गरी ती समस्यालाई घटाई बिरामीलाई सामान्य अवस्थामा पु-याउने कार्य गरियो । मुटुको गति असामान्य हुने र रक्तचाप बढ्ने समस्या न्यूनीकरण गर्न डा. भण्डारीलाई नर्भिकका अर्का वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जयप्रकाश जयसवालले मद्दत
पु¥याए । तत्पश्चात् निज श्रेष्ठको ४०० ग्रामको उक्त असामान्य “प्रोष्टेट होल्मियम लेजर” विधि प्रयोग गरी विना चिरफार गर्ने निधो गरियो । अमेरिकी युरोलोजी सोसाइटी र युरोपियन युरोलोजी सोसाइटीले पनि सुझाए बमोजिम त्यस्ता खाले असामान्य प्रोस्टेट रोगका साथै अन्य थप जटिलता भएका बिरामीहरूमा ओपन शल्यक्रिया नगरी अत्याधुनिक लेजर प्रविधि अपनाउनु उचित हुने हुँदा सन् २०१५ यता संसारभर नै त्यसै बमोजिम बिरामीको उपचार गरिँदै आइएको पनि छ ।
उच्च प्रविधि युक्त “होल्मियम लेजर” प्रयोग सम्बन्धी तालिम भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज ९ब्क्ष्ःक्० मा लिएका डा. भण्डारीले सन् २०१० यता नर्भिकमा त्यस्ता असामान्य अवस्थाका प्रोष्टेटको शल्यक्रिया होल्मियम लेजरबाट ८४० भन्दा बढी सङ्ख्यामा अत्यन्त सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । परम्परागत चिरफार गरी गरिने शल्यक्रियाको दाँजोमा लेजर शल्यक्रिया अति नै विश्वसनीय, पीडारहित, सुरक्षित, छिट्टै शल्यक्रिया सम्पन्न गर्न सकिने, शल्यक्रियाका लागि रगतको जोहो गर्नु नपर्ने, रोग÷घाउ चाँढै निको हुने आदि त छन् नै यस प्रविधिबाट गरिने शल्यक्रियात्मक उपचारपश्चात् बिरामी २–३ दिनमै डिस्चार्ज समेत हुन सक्छन् । तर शदर श्रेष्ठको हकमा उनमा निकै धेरै किसिमका रोगहरू÷जटिलताहरू रहेका हुँदा उनलाई केही दिन बढी नै हस्पिटलमा राखी उपचार गराउनुपर्ने बाध्यता पर्न गयो । निज श्रेष्ठको प्रोस्टेटको लेजर शल्यक्रिया गत शनिबार चैत्र ०७ गते अढाई घण्टाको समय खर्चिएर सम्पन्न गरिएको हो । निजको शल्यक्रियामा डा. भण्डारीलाई नर्भिकका वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जयप्रकाश जयसवाल र एनेस्थेसियोलोजिष्ट डा. नागेन्द्र के.सी. को साथ रहेको थियो ।
शल्यक्रिया सफलतापूर्वक सम्पन्न भइसकेपश्चात् सम्भवतः नेपालमै पहिलो पटक “होल्मियम लेजर” पद्धत्तिबाट त्यसखाले जटिल प्रोस्टेट शल्यक्रिया सफलतापूर्वक गर्न पाउँदा आफू ज्यादै प्रोत्साहित भएको डा. भण्डारीले बताए ।
बिरामी शरदलाई उनको अनुभवबारे सोध्दा आफूलाई कुनै पीडा विना नै सजिलै काँडो झिके झैँ रोग निकालिदिएको र ससुराली बस्दा झैं आतिथ्य पाएको विचार राखे । निज श्रेष्ठका रोगका लक्षणहरू कम भएका, पिसाब पोल्न छोडेको, र आफूलाई निकै आराम भएको हुँदा नयाँ जीवन नै पाएको हो कि भन्ने आफूलाई लागेको बिरामी श्रेष्ठले बताए ।
आज हस्पिटलबाट डिस्चार्ज भएका निज श्रेष्ठको रगतमा चिनीको मात्रा सामान्य रहेको, उनको रक्तचाप १२०÷७० रहेको र अन्य जीवनदायी सङ्केतहरू सामान्य रहेको हुँदा उनलाई घर पठाइएको डा. भण्डारीले बताए ।

Comments