जर्मनीमा रुचाइयो ‘मुक्ति’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १० चैत्र बुधबार
no img

काठमाडौं । सर्वनामको नाटक ‘मुक्ति’ जर्मनीको ३२औं अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भएको छ । नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै नाटक ‘मुक्ति’ मञ्चन गरिएको हो ।

Mukti   Paul Silberberg  25
नाटक जर्मनीको फ्रेडिकसाफेस्थित मानेजेन थिएटरमा मञ्चन भएको थियो । महिलामाथी हुने विभिन्न हिंसामा आधारित नाटक ‘मुक्ति’ मञ्चनपश्चात करिब पाँच मिनेट तालीले हल गुञ्जयमान भएको थियो । सवादंविहीन संगीत र हाउभावबाट मात्रको प्रस्तुती गरिएको नाटकमा जमर्नीका दर्शकले आफ्नो जिवनमा र समाजमा समेत मेल खाने नाटक भन्दै कलाकार र निर्देशकको प्रशंसा गरेका थिए ।

Mukti   Paul Silberberg  09(1)
करिब एकघण्टा लामो नाटक हेरेपछि प्रतिक्रिया दिदै निर्देशक अशेष मल्लले नेपाली रंगमञ्च समृद्घ बन्दै गरेकोे दर्शकको प्रतिक्रियाबाट महशुस भएको र नेपाली रंगमञ्चले विश्वसामु ठाडो शिर पारेर हेर्ने हैसियत बनाएको भान भएको बताए । साथै, नाटक मञ्चनपश्चात भएको अन्तर्रक्रियामा जमर्नीका रंगकर्मीले भुकम्पपश्चात नेपालमा रंगमञ्चकोस्थिति के कस्तो रह्यो अहिले को स्थिती के कस्तो छजस्ता प्रश्न गरेका थिए ।

Mukti   Paul Silberberg  08
करिव एक महिनाको कार्यशाला पश्चात तयार गरिएको उक्त नाटकमा नारि माथि हुने विभिन्न हिसांलाई विम्वबाट प्रस्तुत गरिएको थियो । सर्वनामका अशेष मल्लको लेखन तथा निर्देशन रहेको नाटक मा श्याम खड्का, दिपेश पौडेल, साधना भण्डारी र अभिनीत मल्लको अभिनय रहेको थियो ।

Mukti   Paul Silberberg  28

Comments