यस्तो छ, होलीलाई प्रहरी सुरक्षा योजना
screennepal
प्रकाशित: २०७२, ७ चैत्र आईतवार
no img

काठमाडौं । रंगहरुको पर्व ‘फागु’ होलीलाई मध्यनजर गर्दै ट्राफिक प्रहरी महाशाखा र उपत्यकाका तीनवटै प्रहरी परिसरले विशेष सुुरक्षा योजना लागू गरेका छन् । आइतबार महानगरीय ट्राफिक महाशाखाले पत्रकार सम्मेलन काठमाडौं, ललितपुर र भक्तपुरको समन्वयमा विशेष सुरक्षा योजना लागू गरिएको हो ।

holi
चाडबाडका बेला चालकबाट हुने सानातिना लापरवाहीले गर्दा दुर्घटना भइ ठूलो क्षति हुन पुगेको भन्दै यसपाली विशेष सुरक्षा योजना लागू गरिएको महाशाखाका डिआईजी प्रकाश अर्यालले जनाएका छन् । उनका अनुसार यस पटकको होलीमा सडकमा व्यापक मात्रामा चेक गरिने छ । उपत्यकामा ९० भन्दा बढी स्थानमा प्रहरी र ट्राफिक प्रहरी चेकमा खटिने महाशाखाले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका एसएसपी बिक्रमसिंह थापाले होलीका नाममा विकृति भित्र्याउँनेलाई कम्तिमा १० हजार रुपैयाँदेखि बढीमा १ वर्ष कैदसम्मको सजाँय हुने बताएका छन् । होलीमा मादकपदार्थ सेवन गर्ने, तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, हेल्मेट नलगाउने, ध्वनी प्रदुषण गर्ने, सवारी साधन चढेर लोला हान्नेजस्ता गतिविधि गरे उनीहरुलाई पक्राउ गरिने डिआइजी अर्यालले जानकारी दिए ।

Comments