‘हरियाली छ जहाँ खुशीयाली त्यहाँ’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ७ चैत्र आईतवार
no img

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आयोजनामा भएको सो कार्यशालाको शहरी विकास राज्यमन्त्री मञ्जु कुमारी चौधरीले एक समारोहका बीच उद्घाटन गरिन् । प्रकृतिलाई मानिसले माया गर्नुपर्ने बताउँदै चौधरीले भनिन्, ‘हरियाली छ जहाँ खुशीयाली छ त्यहाँ । जल, जमिन, जंगल र जनावरको संरक्षणले मात्र हाम्रो भविष्य संरक्षित हुन्छ ।’

देवेन्द्र थुम्केली

काठमाडौं । विश्वमा विकास भएका सबैजसो मानव सभ्यता नदी किनारमा विकास भएका छन् । पानी र मानव जातिको सम्बन्ध आदिम युगदेखि अन्योयाश्रित रहदैं आएको छ । नदी सफा हुँदा सिंगो मानव जातिको स्वस्थ्य राम्रो रहने र फोहोर हुँदा रोगव्याधिले समाजलाई नै प्रभावित पार्दछ । स्वच्छ र सफा मानव जीवनका लागि नदी सफा हुनु अति आवश्यक हुन्छ । यही सन्दर्भमा वागमती नदी सफाई अभियान १५०औं सप्ताहको सन्दर्भ पारेर चित्रकला कार्यशाला गरिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आयोजनामा भएको सो कार्यशालाको शहरी विकास राज्यमन्त्री मञ्जु कुमारी चौधरीले एक समारोहका बीच उद्घाटन गरिन् । प्रकृतिलाई मानिसले माया गर्नुपर्ने बताउँदै चौधरीले भनिन्, ‘हरियाली छ जहाँ खुशीयाली छ त्यहाँ । जल, जमिन, जंगल र जनावरको संरक्षणले मात्र हाम्रो भविष्य संरक्षित हुन्छ ।’

art, screennepal (3)
बागमती सफाई अभियानका अभियन्ता तथा पूर्वमुख्यसचिव लिलामणि पौडेलले वागमती हिजो हाम्रा पुर्खाले हामीलाई सफा रुपमा हस्तान्तरण गरेका थिए । हामीले हाम्रा सन्ततिलाई सफा वागमती दिनुपर्दछ । यदि हामीले दिन सकेनौ भने हामीले हाम्रा सन्ततिमाथि अन्याय गर्नेछौ । हरेक कामको थालनी आफैबाट हुनुपर्छ र त्यसलाई निरन्रता पनि आफैले दिनुपर्छ । सामाजिक कार्य सधै राजनीति र स्वार्थबाट मुक्त हुनुपर्छ । हृदयदेखि नै सामाजिक सहकार्यको भावना उत्पन्न हुन सक्यो भने संसार सफा हुन्छ । मन सफा गरेर वागमती गर्न सकिन्छ ।

art, screennepal (2)
कार्यक्रम संयोक देवीप्रसाद घिमिरेले भने, ‘कुनैपनि असल कार्यको थालनी आफैबाट हुनुपर्छ । वागमती हाम्रा पुर्खाले छोडेको नासो हो । यसलाई स्वच्छ सफा पवित्र बनाएर आफ्ना सन्तानलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । हामी त्यही कर्तव्य निर्वाह गर्न मेरो सपनाको वागमतीको परिकल्पना गर्दै निरन्तर वागमती संरक्षण र संवद्र्धनमा जुटिरहेका छौं र सबैलाई यस महान अभियानमा जुट्न अभिप्रेरित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं ।’
कार्यक्रमका सह–संयोजक तथा सहभागी कलाकार नरेन्द्रबहादुर श्रेष्ठले वागमती हामी सबैको साझा सभ्यताको प्रतीक भएकाले यसको संरक्षणमा सबैको उत्तिकै दायित्व हुने भएकाले कलाकारले पनि यसमा आफ्ना कलामार्फत लागेको बताए । उनले थपे, ‘कला सामाजिक परिवर्तनको सशक्त माध्यम भएकाले कलाकारले वागमती सभ्यता बचाउँ अभियानमा लागेका हौं ।’

art, screennepal (1)
कार्यक्रमका सभापति तथा अधिकार सम्पन्न वागमती एकीकृत विकास समितिका अध्यक्ष किशोर शाक्यले भने, ‘वागमती सबैको साझा हो । सबैको साझा निस्वार्थ सक्रियताले यो सफा स्वच्छ बन्न सक्छ । हरेक व्यक्तिले प्रकृति संरक्षणका लागि दिनको पाँच मिनेट मात्र सोच्न सके धर्ती, प्रकृति र वागमती हुन्छ ।’
कार्यशालामा सहभागी कलाकार रमेश खनालले सामाजिक सुधार, सभ्यता, संस्कृति र प्रकृति संरक्षण अभियानमा कलाकारले आफ्नो सिर्जनामार्फत योगदान दिन पाउनु पनि समाजका लागि उदाहरणीय काम भएको बताए ।

art, screennepal (4)
कार्यशालामा अग्रज कलाकार हरिप्रसाद शर्मा, कृष्ण मानन्धर, किरण मानन्धर, केके कर्माचार्य, शंकरराज सिंह सुवाल, राधेश्याम मुल्मी, नरेन्द्रबहादुर श्रेष्ठ, नगेन्द्रप्रसाद पौड्याल, रमेश खनाल, सुरेन्द्र प्रधान, शान्तकुमार राई, जीवन राजोपाध्याय, हरिबहादुर खडका, देवेन्द्र थुम्केली, एरिना ताम्राकार, महेश आचार्य, डिराम पाल्पाली, एससी सुमन, सुषमा राजभण्डारी, केशव राज खनाल, अनिता खनाल भट्टराई, ज्योतिप्रकाश बिके, नरबहादुर बिके, सुनिता राणा, हेम पौडेल, पृथ्वी श्रेष्ठ, सौरगंगा दर्शनधारी, राज पिठाकोटे, प्रमिला बज्राचार्य लगायतका तीन दर्जन कलाकार कार्यशालामा सहभागी भएका थिए । कार्यशालामा तयार गरिएका कलाकृतिको आउँदो १३ चैतमा समितिको कार्यालयमा प्रदर्शनी गरिने आयोजकले बताए ।  तस्वीर सौजन्यः किशोर श्रेष्ठ

Comments