‘धराने सोल्टिनी’सँग विशालको रोमान्स (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २९ फाल्गुन शनिबार
no img

bishal rai dharane soltini lai song (14)

काठमाडौं । रंग पत्रकार विशाल राई पछिल्लो समय धराने सोल्टिनीसँ देखिएका छन् । गायिका तायाहाङ्मा राईको ‘कोई छ’ गीतको म्युजिक भिडियोमार्फत मोडलिङमा देखिएका विशालले हालै गायक भिषण राईको ‘धराने सोल्टिनी’ बोलको गीतमा मोडलिङ गरेका छन् । यो उनको दोस्रो म्युजिक भिडियो हो ।

bishal rai dharane soltini lai song (2)
‘कोई छ’ गीतको भिडियो दर्शक÷श्रोताले निकै रुचाएका थिए । त्यसपछि मोडलिङमा हौसिएका विशालले भने, ‘रंग पत्रकारितासँगै अब मोडलिङलाई पनि अँगाल्ने छु ।’ उनले ‘धराने सोल्टिनी’ गीतको म्युजिक भिडियोमा सक्दो राम्रो काम गर्ने प्रयास गरेको बताए । यो भिडियो धरान आसपासमा छायांकन गरिएको छ । भिडियोमा विशालको साथमा मोडल रेखा फागो लिम्बुले मोडलिङ गरेकी छन् । भिडियोमा विशाल र रेखाको केमेस्ट्री निकै सुहाएको छ । उदय पुन मगरको निर्देशन रहेको यस म्युजिक भिडियोलाई पुराना सिनेम्याटोग्राफर युवराज राईले खिचेका हुन् ।

bishal rai dharane soltini lai song (6)
गायक भिषणको स्वरमा यस गीतमा ओमप्रकाश राईको संगीत छ भने तारा राईको शब्द रहेको छ । सबु राई र जाइका राईको कोरियोग्राफी रहेको यस म्युजिक भिडियोमा सोम मुग्रातीको मेकअप रहेको छ । गायक भिषणका अनुसार म्युजिक भिडियो नेपाली नयाँ वर्षको अवसरमा रिलिज गरिने छ ।

bishal rai dharane soltini lai song (11)

Comments