(भिडियो) सुरजको गीतमा सुष्मा र केवलको रोमान्स
screennepal
प्रकाशित: २०७२, २८ फाल्गुन शुक्रबार
no img

काठमाडौं । सञ्चारकर्मी सुरज पौडेलले गायनमा डेब्यू गरेका छन् । ‘मनको खुसी’ एल्बममा समावेश उनको पहिलो गीत ‘गोलीले लागेझै’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाल यस टेलिभिजनमा कार्यरत सुरज स्वयंमले यो गीतको शब्द लेखेका हुन् । भिषण राईको संगीत रहेको गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्कीले अभिनय गरेकी छन् । उनलाई मोडल केवल भुजेलले साथ दिएका छन् । शंकरअधिकारी घायलको निर्देशन, प्रदीप ज्ञवालीको कोरियोग्राफीमा रामेश्वर हुमागाईंले खिचेको भिडियोमा सुष्मा र केवलको लभ क्यामेस्ट्री देख्न सकिन्छ । युवराज खत्रीको सम्पादन रहेको गीतमा सुष्मालाई केवलले अनेक तरिकाबाट फकाउन खोजिरहेका छन् ।
गायक पौडेलले गायन आफ्नो सानैदेखिको रुचि रहेको बताए । ‘यो मेरो पहिलो प्रयास हो । त्यसैले केही कमिकमजोरी भए होलान्,’ उनले भने, ‘विस्तारै निखार्दै जाने सोचमा छु । त्यहीकारण विगत ६ महिनादेखि संगीत शिक्षामा पनि लिइरहेको छुँ ।

Comments