‘आमसञ्चारमा कम प्राथमिकतामा ललितकला’
screennepal
प्रकाशित: २०७२, २७ फाल्गुन बिहीबार
no img

काठमाडौं । विधागत रुपमा संसारमा सबैभन्दा पुरानोमध्येको विधामा पर्ने ललितकला विषय आमसञ्चारमा भने कम प्राथमिकतामा परेको एक कार्यक्रममा यससँग सम्बन्धिता सञ्चारकर्मीले बताएका छन् ।

lll
नेपाल ललितकला पत्रकार समाज र सिद्धार्थ आर्ट फाउण्डेशन एजुकेशन इनिसिएटिभले संयुक्त रुपमा आयोजना गरेको ‘सञ्चारमाध्यममा ललितकला’ विषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी यससँग सम्बन्धित व्यक्तिसग साक्षात्कार गरेको हो । कार्यक्रममा टेलिभिजन, रेडियो÷एफएम, अनलाइन तथा समाचार एजेन्सीमा ललितकलाको विषयलाई कम प्राथमिकता दिएको वक्ताहरुले बताए । सो अन्र्तक्रिया कार्यक्रममा नेपाल टेलिभिजनका प्रोग्राम प्रोडूयसर टंक उप्रेतीले नेपालमा टेलिभिजनले ललितकलाको विषयलाई समेटेपनि सोचेजति समेट्न नसकेको बताए । स्रोत र साधनको अभावले सभ्यता निर्माण गर्ने ललितकला विषयमा आम सञ्चारमा आउन नसक्नु दूर्भाग्य रहेको उनको धारणा थियो ।

la
नेपाली रेडियोमा ललितकलाको विषयलाई समयानुकूल अगाडि लैजान नसकेको बताउँदै क्यापिटल एफएमका निर्देशक व्याकुल पाठकले लामो इतिहास बोकेको सञ्चार माध्यमले कलालाई समेट्दै यसको विकासमा योगदान दिनुपर्ने बताए । विषयगत ज्ञानको कमीले कलाको विषयमा चाहेर पनि समाचार एजेन्सीले नेपालमा कलाको विषयलाई समेट्न नसकेको राष्ट्रिय समाचार एजेन्सीका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले बताए ।
अनलाइन पत्रकारितामा ललितकलाको विषयमा कमै आएको अनलाइन पत्रकार संघका अध्यक्ष प्रवेश सुवेदीले बताए । यो विषयसँगको पहुँच तथा सीमित स्रोतका कारण नेपाली अनलाइनमा ललितकलाको विषय जोडिन नसकेको सुवेदीले जनाए ।
सीमित स्रोत र जनशक्ति, सञ्चारकर्मीमा दक्षता र तालिमको अभाव, विज्ञापन र प्रायोजनको कमी जस्ता कारणले ललितकला जस्ता विषयले कम महत्व पाएको उनीहरुको भनाई थियो ।
सभ्यतालाई अघि बढाउने ललितकला जस्तो विषयलाई राज्यबाट नै प्राथमिकता दिइनुपर्ने, सञ्चारकर्मीलाई तालिम–प्रशिक्षण दिइनुपर्ने, ऐतिहासिक तथा स्तरीय कला प्रदर्शनीहरु भइरहनुपर्ने,  कलासम्बन्धमा नियमित रुपमा अन्तर्कि्रया वा छलफलहरु भइरहनुपर्ने सुझाव पनि उनीहरुले दिए ।
समाजका अध्यक्ष केशवराज खनालले ललितकलाका विषयलाई आमसञ्चारमा अझ प्रभावकारी रुपले ललितकलाका विषयलाई जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । फाउण्डेशन कार्यक्रम संयोजक प्रशान्त दासले सोफाजले सञ्चारमाध्यममा कला विषयलाई प्राथमिकता दिनका लागि प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको बताए ।

Comments