‘काकाकुल’ सुजाता (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २२ फाल्गुन शनिबार
no img

काठमाडौं । नेपाली कला क्षेत्रमा दिनदिनै नयाँ प्रतिभाहरु आइरहेका छन् । कोही मोडलिङ त कुनै गीतसंगीतमा करिअर बनाउने अभिलाषाले रंगीन दुनियाँमा पाइला टेकिरहेका छन् । यसैक्रममा सुजाता केसी पनि देखिएकी छन् । सुजाताले आफूलाई यसरी यो क्षेत्रमा उभ्याएकी छन्, जसले मोडलिङ, अभिनय र गायन तीन विधालाई अँगालेकी छन् ।

sujata kc, screennepal (4)
‘सुर्या’ नामक नेपाली चलचित्रमा पाश्र्वगायनसँगै अभिनयसमेत गरिसेकी यिनै सुजाताले आफ्नो एकल स्वरमा ‘काकाकुल’ नामक आधाुनिक गीति एल्बम श्रोतामाझ प्रस्तुत गरेकी छन् । एल्बम प्रस्तुत गर्दै सुजाताले भनिन्, ‘अभिनय र मोडलिङ मेरो रहर मात्रै हो, उद्देश्यचाहिँ एक कुसल गायिका बन्ने रहेको छ ।’

sujata kc, screennepal (3)
हुन त उनी अभिनीत चलचित्र ‘सुर्या’ रिलिज भएको छैन । यदि ‘सुर्या’मार्फत राम्रो रेश्पोन्स पाएमा उनी अिभनयमा समेत जम्न सक्नेछिन् । गणेश केसी निर्मित ‘सुर्या’ मा सुजाता अभिनेता मुकेश ढकालसँग देखिँदैछिन् । यस चलचित्रमा उनको एकल पाश्र्वगायन समेत रहेको छ । क्रान्ति केसीले निर्देशन गरेको यस चलचित्रमा ‘क्या बबाल’ र ‘तिमी नै हौ’ बोलको दुई गीत छन् ।

sujata kc, screennepal (2)
२०७० सालमा ‘पाउजुको छमछम’ नामक तीज गीति एल्बम ल्याएर सांगीतिक क्षेत्रमा होमिएकी सुजाताले भनिन्, ‘मेरो गायन करिअरका लागि मेरो बुबा गणेश केसी धेरैसजग हुनुहुन्छ । उहाँकै प्रेरणा र हौसलाले आज यहाँ छु ।’ सुजाताको ‘काकाकुल’ मा आज कोही, किन कोही, जसले भुल्छ, कतामा जाने, तिमी देखि र भूलि सकेको जस्ता बोलका सात वटा गीत छन् । एल्बमको एउटा म्युजिक भिडियो केही दिनमै रिलिज गर्ने उनले सुनाइन् । सुजाताले आफ्नो भिडियोमा समेत आफैले मोडलिङ गरेकी छन् ।  तस्बिर : ज्ञानु राई ।

sujata kc, screennepal (1)

sujata kc, screennepal (5)

Comments