जेनिशा–दिकेशले कसे लगनगाँठो
screennepal
प्रकाशित: २०७२, १४ फाल्गुन शुक्रबार
no img

priyanka(1)

काठमाडौं । पूर्वमिस नेपाल जेनिशा मोक्तान बैवाहिक बन्धनमा बाँधिएकी छन् । सन् २००९ की ‘मिस नेपाल’ जेनिशाले शुक्रबार (आज) युवा व्यवसायी दिकेश मल्होत्रासँग लगनगाँठो कसेकी हुन् । वैवाहिक कार्यक्रम भने आइतबारदेखि नै सुरु भएको थियो । सन् २०१० मा अभिनेत्री प्रियंका कार्कीको माध्यमबाट दिकेश र जेनिशाको भेट भएको बताइन्छ । त्यही बेलादेखि नै उनीहरुबीच प्रेमसम्बन्ध रहिआएको थियो । दिकेश र जेनिशा दुवै एमबिए उत्तिर्ण हुन् । हाल उनीहरु एकै व्यवसायमा संलग्न छन् । दिकेश सामसुङ मोबाइलको नेपालस्थित आधिकारीक बिक्रेता इन्टिग्रेटेड मोबिलिटी सोलुसन ‘आइएमएस’ का अध्यक्ष हुन् भने जेनिशाले कर्पोरेट विभाग हेर्दै आएकी छन् ।

Comments