Drama : दर्शकले रुचाए सुस्तमनस्थितिको कथा
screennepal
प्रकाशित: २०७२, १२ फाल्गुन बुधबार
no img

काठमाडौं । हालै मात्र निर्माण गरिएको ख्वापा नाट्यशालाले नाटक ‘मलम पट्टी’ मञ्चन गरेको छ । ८ फागुनदेखि १० गतेसम्म नाटक मञ्चन गरिएको हो । जोरपाटीस्थित नयाँवस्ती सर्वेश्वर महादेव मन्दिर नजिकै रहेको ख्वापा नाट्यशालाद्वारा मञ्चित यो दोस्रो नाटक हो ।

drama
सुस्तमनस्थिति भएका मान्छे र वातावरण बीचको कुरालाई नाटकमा प्रस्तुत गरिएको थियो । वान्का भन्ने एक सुस्तमनस्तिथिको मान्छे हुन्छ जो अरुभन्दा भिन्न सोच र हाउभाउको व्यक्ति हो । उ नयाँ यन्त्र बनाउन चाहान्थ्यो, जसले अरु चिजको आवाज सुन्न सकियोस् भन्ने चाहान्थ्यो । प्रमुख भुमिकामा प्रस्तुत भएका भोला अधिकारीको अभिनयलाई दर्शकले निकै मनपराए । शहरभन्दा केही टाडा रहेको उक्त थिएटरमा नाटक हेर्न दर्शकको घुइँचो लागेको थियो ।

drama1
विश्वप्रसिद्ध साहित्यकार तथा कथाकार रोह्ल डाहाल्डद्धारा लिखित चर्चित कथा साउण्ड मेसिनलाई नेपाली नाटकमा रुपान्तरण गरिएको हो । यस कथालार्ई प्रविन खड्गीले नेपाली नाटकमा उतारेका हुन् भने प्रदिप खड्गीकोे निर्देशन थियो ।
नाटकमा भोला अधिकारी, प्रदीप खड्गी, सम्झना मगर, उमा तामाङ, रोशनी साप्कोटा, माया तामाङ, प्रदिप नेपाल, दीक्षा तामाङ, नारायण नेपाललगायतले अभिनय गरेका थिए । यसअघि ख्वापा नाट्यशालाले उद्घाटनका क्रममा सांकेतिक नाटक मञ्चन गरेको थियो ।

Comments