युनाइटेड फिटनेशद्वारा भूकम्पपीडित सहयोगीलाई सम्मान
screennepal
प्रकाशित: २०७२, ८ फाल्गुन शनिबार
no img

United Fitnesh, screennepal (2)

काठमााडौं । युनाइटेड फिटनेश तथा डान्स स्टुडियोले एक समारोहबीच शनिबार (आज) आफ्नो दोस्रो वार्षिकी मनाएको छ । रक्षा नेपालकी अध्यक्ष मेनुका थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईको अथिथ्यमा आयोजित वार्षिक समारोहमा गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा अतुलीय सहयोग पु¥याउँने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानीतहरुलाई प्रमुख अतिथीद्वय मेनुका र दुर्जकुमारले प्रमाणप्रत्र प्रदान गरेका थिए ।

United Fitnesh, screennepal (3)
राजधानीको बौद्धमा रहेको युनाइटेड फिटनेशले विनाशकारी भूकम्पका पीडितलाई सहयोग गर्ने व्यक्तिहरुलाई अमेरिकाले समेत सम्मान प्रदान गरेको जनाउँदै नेपाल सरकारले भने वास्ता नगरेकाले भन्दै उनीहरुको सराहनीय कामलाई कदरस्वरुप आफूहरुले सम्मान गरेको बताए । सम्मानीत हुनेहरुमा डोमा बज्रचार्य, रोनित राई, दीलिप साउद, कुसुम राई, ऐश्वर्या थापामगरलगायत रहेका छन् । उनीहरुले भूकम्पबाट पीडित बनेका र अंगभंग भएकाहरुलाई दिलोज्यान दिएर सहयोग गरेकाले सम्मान गरिएको युनाइटेड फिटनेशकी कृष्णा सुब्बाले बताइन् ।

United Fitnesh, screennepal (4)
युनाइटेड फिटनेशका अध्यक्ष दीलिप साउदको सभापितत्वमा आयोजित कार्यक्रममा रक्षा नेपालकी अध्यक्ष मेनुकाले आफ्ना अनुभवबारे सुनाइन् । उनले २० वर्षकै उमेरदेखि उत्पीडित तथा बलात्कृत महिलाको पक्षका आवाज उठाउँदै आएको बताउँदै भनिन्, ‘महिलाको आवाज उठाउँदैमा म महिलावादी भने होइन, म हरेक पीडितहरुको पक्षमा उभिएकी महिला हुँ ।’ याङ्जोम शेर्पाले सञ्चालन गरेको कार्यक्रममा फिटनेशबारे डिभीडीसेमत लोकापर्ण गरिएको थियो । विमोचित डिभीडीमा फिटनेशबारे जानकारी गराएको छ ।

United Fitnesh, screennepal (1)

Comments