एलजी डि–सिने अवार्ड : ‘नोभेम्बर रेन’लाई ८ अवार्ड
screennepal
प्रकाशित: २०७२, ७ पुष मंगलवार
no img

काठमाडौं । ‘सातौं एलजी डी सिने अवार्ड–२०७२’ मा सर्वोत्कृष्ट निर्देशक, फिल्म, अभिनेता र अभिनेत्रीको अवार्डसहित चलचित्र ‘नोभेम्बर रेन’ले ८ अवार्ड हात पारेको छ । यस चलचिबाट आर्यन सिग्देल अभिनेता र अभिनेत्रीतर्फ नम्रता श्रेष्ठले अवार्ड हात पारे । सोमबार साँझ राजधानीमा सम्पन्न समारोहमा ‘नोभेम्बर रेन’बाटै गायक युवराज चौलागाई, सहअभिनेत्री छुल्ठिम डोल्मा गुरुङले अवार्ड पाएका छन् । ‘नोभेम्बर रेन’बाट निर्माता सुवास गिरीले वर्षको उत्कृष्ट फिल्मको अवार्ड हासिल गरेका छन् । यसै चलचित्र निर्देशक दिनेश राउतले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते भने यस्तै, यसै चलचित्रमार्फत पत्रकार सामीप्य तिमिल्सिनाले सर्वोत्कृष्ट संवादतर्फको अवार्ड पाए । यस चलचित्रको ‘तिमीलाई म के भनौं’ गीतबाट युवराज चौलागाईंले सर्वोत्कृष्ट गायकको अवार्ड पाएका हुन् भने राजेश श्रेष्ठले सर्वोत्कृष्ट छायांकारको अवार्ड प्राप्त हात पारे ।

d-cine award (1)
छायाछवि क्रियसनद्वारा आयोजित अवार्ड प्रतिस्पर्धामा सर्वोत्कृष्ट नवअभिनेताको अवार्ड चलचित्र ‘अझै पनि’ बाट सुदर्शन थापा, नवअभिनेत्रीतर्फको अवार्ड चलचित्र ‘लज्जा’ बाट शिल्पा पोखरेल र बालकलाकारको अवार्ड चलचित्र ‘लभ यु बाबा’बाट संगम विष्ट उत्कृष्ट भए । यस्तै, सर्वोत्कृष्ट सह–अभिनेतातर्फको अवार्ड चलचित्र ‘पुनर्जन्म’ बाट गजित विष्ट, चरित्र अभिनेतातर्फ अवार्ड ‘सुनपानी’ बाट सविन बास्तोला, चरित्र अभिनेत्रीतर्फ ‘सुन्तली’ बाट सूर्यमाला खनालले अवार्ड पाए । सर्वोत्कृष्ट खलपात्रको अवार्ड चलचित्र ‘हँसिया’ बाट अनुपविक्रम शाहीले जितेका छन् ।

d-cine award (2)
प्राविधिकतर्फ नवनिर्देशकको अवार्ड चलचित्र ‘नाइँ नभन्नू ल–३’ बाट मुस्कान ढकालले, सर्वोत्कृष्ट सम्पादनको अवार्ड वल्र्ड कप इन नेपालबाट राजु भण्डारीले, सर्वोत्कृष्ट कथातर्फको अवार्ड चलचित्र ‘वल्र्ड कप इन’ नेपालबाटै रामशरण पाठकले हासिल गरे । यस्तै सर्वोत्कृष्ट पटकथातर्फको अवार्ड चलचित्र ‘कबड्डी’बाट रामबाबु गुरुङ÷उपेन्द्र सुब्बाले, सर्वोत्कृष्ट नृत्य निर्देशनतर्फको अवार्ड ‘लभ यु बाबा’बाट गम्भीर विष्टले, द्वन्द्व निर्देशकतर्फको अवार्ड चलचित्र ‘हवल्दार सुन्तली’बाट चन्द्र पन्तले शृंगारतर्फको अवार्ड चलचित्र ‘टलकजंग भर्सेज टुल्के’बाट अमृत मरहट्ठाले र सर्वोत्कृष्ट एनिमेसन÷ग्राफिक्सतर्फको अवार्ड चलचित्र ‘भीमदत्त’ बाट अच्यूत गजुरेलले प्राप्त गरे।
यस्तै, संगीत विधामा सर्वोत्कृष्ट संगीततर्फको अवार्ड चलचित्र ‘स्टुपिड मन’बाट अर्जुन पोखरेलले, सर्वोत्कृष्ट गायिकाको अवार्ड चलचित्र हबल्दार ‘सुन्तली’को तिम्रा डोला डोला… गीतबाट सहिमा श्रेष्ठले र सर्वोत्कृष्ट गीतकारको अवार्ड चलचित्र कोहिनूरको के म तिम्रो हैन र… गीतबाट डा. कृष्णहरि बरालले हासिल गरेबम छन् । सर्वोत्कृष्ट ध्वनि मिश्रणको अवार्ड चलचित्र ‘कबड्डी’बाट उत्तम न्यौपाने र सर्वोत्कृष्ट पाश्र्व संगीतको अवार्ड चलचित्र ‘भीमदत्त’ बाट एलिस कार्कीले हासिल गरेका छन् । यस्तै, छायाछवि क्रिटिक्स विधाअन्तर्गत अभिनेताको अवार्ड चलचित्र कबड्डीबाट दयाहाङ राईले, अभिनेत्रीको अवार्ड चलचित्र सुन्तलीबाट प्रियंका कार्कीले र निर्देशकतर्फको क्रिटिक्स अवार्ड चलचित्र कबड्डीबाट रामबाबु गुरुङले प्राप्त गरे । यस वर्षको जुरी अवार्ड चलचित्र भीमदत्तका लागि नवल खड्काले पाए । प्रोत्साहन अवार्ड चलचित्र हबल्दार सुन्तलीबाट सविन श्रेष्ठलाई प्रदान गरिएको छ । विशेष चलचित्रको अवार्ड चलचित्र ‘सुनपानी’लाई र पब्लिक च्वाइस अवार्ड चलचित्र ‘कोहिनूर’लाई प्रदान गरियो । अवार्ड समारोहमा पत्रकार डब्बु क्षत्रीलाई ७ हजार ७ सय ७७ रुपैयाँ राशिसहित पुरस्कृत गरिएको छ । कार्यक्रम सोचेभन्दा भव्य र सभ्य रुपमा भएको छायाछवि क्रियसनका अध्यक्ष शान्ति प्रियले बताए ।

Comments