नयाँबस्तीमा एक हुल आ–आफ्नै तालमा (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ७ पुष मंगलवार
no img

काठमाडौं । नयाँबस्तीको सर्वेश्वर महादेव मन्दिर नजिकै केही समययता एक हुल ज्यामी काम गरिरहेका छन् । जसमा कोही बाँसको भ¥याङ बनाइरहेका छन् भने कोही किला ठोक्न ब्यस्त देखिन्छन् । बिहानैदेखि बाँस काट्ने, सिमेन्टी घोल्ने र ल्पस्टर ती हुलको नियमित कार्यजस्तै देखिन्छ ।

वास्तवमा उनीहरु कसैको घर वा ज्यालाका लागि नभएर नाट्य क्षेत्रका कलाकारहरु नाट्य घर बनाउन तम्सिएका हुन् । ख्यापा नाट्य समुहका कलाकारहरु आफ्नो नाटक देखाउने हल निर्माणमा केही महिनादेखि जुटिरेहको दृश्य हो माथिको प्रशंग । ख्यापा नाट्य समुह भर्खरै स्थापना भएको नाट्य संस्था भएपनि कलाकार भने पुरानै छन् ।

???????????????????????????????

करिब तीन महिनायता थालेको काम उनीहरुले आधाआधि सकाएका छन् । लाईट र डेकुरेशनको काम बाँकी रहेको कलाकार अनिश न्यौपानेले बताए । आफ्नो स्थापनाकालबाटै ख्यापा नाट्य समुहले थिएटर बनाउन शुरु गरेको हो । ख्यापा नाट्य समुहका कलाकारहरु आफ्नै पैसा उठाएर उक्त नाटक घर निर्माण गर्न थालेका हुन् ।

???????????????????????????????
नेपालमा नाटक घर बन्नेक्रम केही समययता बढिरहेको छ । त्यसैले पनि यस्ता नाटकघर बन्नु नेपाली रंगमञ्चका लागि महत्वपूर्ण मानिन्छ । ‘तीन महिनासम्ममा थिएटर तयार बनाउने लक्ष्य बनाएका थियौँ तर सकेनौं’ निर्देशक तथा कलाकार प्रदीप खड्गी (पासा)ले भने, ‘बअ चाँडै नाट्यघर तयार हुन्छ ।’ उनले नाटकघर निर्माणमा कुनै कामदार नराखेको बताए ।

???????????????????????????????
पत्रकारिता विषयमा स्नातक गरेका तथा गीतकार भोला अधिकारी पनि यस नाट्य सस्थामा आवद्ध छन् । लामो समयदेखि भोला नाटक क्षेत्रमै जम्ने प्रयास गरिरहेका कलाकार हुन् । नयाँ बस्तीमा नाटकघर बनाउँदा यस क्षेत्रका साथै गोठाटार, मुलपानी, जोरपाटीलगायतका नाटक हेर्न जान नपाउने नाटक पे्रमीका भोलाले बताए । यस नाटक घरमा साहित्यका सम्पु्ूर्ण विधालाई प्राथमिकताका साथ प्रस्तुत गरिने पनि भोलाले जानकारी दिए । यस नाट्य समुहमा प्रदीप खड्गी (पासा), नारायण नेपाल, अनिश न्यौपाने, बद्री लामा, सम्झना मगर, माया तामाङ, प्रदीप नेपाल, प्रविन खड्गी, राजन थापा, उमा तामाङ, शिवानी बोहोरा, साबित्री मगर, रोशनी सापकोटा, सुशान्त तामाङ, भोला अधिकारीलगायत सदस्य छन् ।

Comments