महासचिव उम्मेदवार ढुगानाको यस्तो छ चुनावी प्रतिबद्धता–पत्र
screennepal
प्रकाशित: २०७२, २५ मंसिर शुक्रबार
no img

काठमाडौं । भोलि शनिबार अर्थात २६ मंसिरमा हुन लागेको नेपाल चलचित्र कलाकार संघको केन्द्रिय कार्यसमितमा महासचिवका उम्मेदवारी दिएका कलाकार कृष्ण ढुंगानाले राजधानीमा पत्रकार भेटघाट  गरी आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । एक दर्जनभन्दा बढी चलचित्र, दुई दर्जन भन्दा बढी टेली चलचित्रमा अभिनय गरिसकेका ढुँगानाले १५ बुँदे प्रतिबद्धता पत्र उनले बिहिबार सार्वजनिक गरेका हुन् ।

Krishna
आफु बिगत अढाई दशक  देखि कलाकारको रुपमा नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल रहेको र यस अघि टेली चलचित्रकर्मी कलकार संघ नेपालको केन्दिय अध्यक्ष भएर पुराकार्यकाल सफलता पूर्व सम्पन्न गरेकाले पनि यतीबेला कलाकार संघको महासचिबमा उम्मेदावरी दिएको उनले बताए ।
ती प्रतिबद्धता पत्रमा उनले अफुसँग भाएको सिप र ज्ञानलाई प्रयोग गरेर कलाकार संघलाई अझ ससक्त बनाउने, सम्पूर्ण सदस्य कलाकारको पेशागत हकहितको सुरक्षाको प्रत्याभूति दिलाउने, संघका सदस्य कलाकारको दीर्घ जीवन बिमा गर्ने,  प्रत्यक वर्ष कम्तीमा दुई ओटा अन्तराष्ट्रिय कार्यशाला आयोजना गर्ने, चलचित्रकको कार्यालयका लागि पहिला स्थानको तय गरेर घर बनाउने, पुराना सिने कलाकारलाई सम्मान जनक हैसियत प्रदान गर्दै नयाँ कलाकारलाई सम्बन्धित पेशामा प्रोत्साहन गराउने रहेको छ । यस्तै यस्तै फिल्म एकेडेमी स्थापनाको लागि पहल गर्ने, चलचित्र नीति पूर्ण कार्यन्वयन गराउने, श्रमजिबी चलचित्र ऐन र नियमाबली निर्माण पहल गर्ने, कलाकारिताका क्रममा आईपरेका कानूनी झमेलामा निशुल्क मुद्दा आफुले लडिदिने, कलाकार कल्याण कोषको आयबृद्धि गराउने लगायतका प्रतिबद्धता महासचिबका उम्मेदवार ढुगानाले सार्वजनिक गरे ।

Comments