काव्य बर्षामा झुल्किए गोविन्द गिरि
screennepal
प्रकाशित: २०७२, १९ मंसिर शनिबार
no img

काठमाडौं । नाकाबन्दीले आजित काठमाडौंलाई सर्वनाममा आयोजित काव्य वर्षाले केहीसम्म राहत दियो । ‘काब्य वर्षा’ नाम दिइएको कार्यक्रममा कवि गोविन्द गिरि ‘प्रेरणा’ले आफ्ना चर्चित कविता वाचन गरे । प्रेरणाले पहाड र म, बिश्व सुन्दरी मेरो ओछ्यानमा, पलायन यात्रालगायत दुई दर्जन कविता बाचन गरेका थिए । तीसको दशकका चर्चित कवि प्रेरणा हाल अमेरिकाको भर्जिनियास्थित मनासस शहरमा बसेर आफ्नो साहित्यक पाटोलाई निरन्तरता दिँदै आएका छन । सुतेको समुद्र नामका कृतिबाट आफ्नो साहित्यिक यात्रा सुरु गरेका प्रेरणाका फेरो, उत्खनन, मात्र एकरात, गुडबाई अमेरिका लगायत करिव तिन दर्जन कृतिहरु प्रकाशित छन ।

DSC_0216
कार्यक्रममा बोल्दै सर्वनामका अशेष मल्लले अमेरिका बसेर पनि नेपाली भाषा साहित्य जगतलाई प्रेरणाले ठूलो गुन लगाएको भन्दै उनको कामको प्रशंशा गरे । प्रेरण अमेरिका बाट पाक्षीक रुपमा नियमीत प्रकाशन हुदै आएको विश्व परिक्रमा अखवारका सम्पादक समेत रहेका छन । करिब एक घण्टा चलेको कार्यक्रममा साहित्य जगतको बाक्लै उपस्थिती थियो । यादव खरेल विष्णु विभु घिमिरे, अशेष मल्ल, विप्लव ढकाल, विश्वमोहन श्रेष्ठ, शैलेन्द्र शाकार लगायत साहित्यकारको बाक्लो उपस्थिती रहेको कार्यक्रमका े

Comments