पार्वती भन्छिन्, ‘यो मंसिरमा जुरेन, अब ४ वर्ष रिल्याक्स’ (मंसिरे वार्ता)
screennepal
प्रकाशित: २०७२, १८ मंसिर शुक्रबार
no img

लाहुरे, व्यापारी र विदेशमा बस्नेहरु आफूलाई माग्न आउने गरेको पार्वतीले बताइन् । तर, त्यसरी आफूलाई माग्न आउँदा ठट्टा (अभिनय) गरेजस्तो मात्र लाग्छ रे उनलाई । उनले भनिन्, ‘अहिलेसम्म थुप्रै केटा मलाई माग्न आइसके । तर, मलाई त ठट्टा गरेजस्तो मात्र लाग्छ ।’ कतिपयलाई फकाएर पठाउने गरेको उनले बताइन् । ‘कतिपय त मरिहत्ते नै गर्छन्’ पार्वतीले भनिन्, ‘त्यस्ताहरुलाई म करिअर दौडमा छु । केही वर्षपछि आउनु भनेर फकाएर पठाउँछु ।’

– एमपी सुब्बा

काठमाडौं । चर्चित नृत्यांगना तथा मोडल पार्वती राईले चार वर्ष ‘रिल्याक्स’ मै बिताउने भएकी छन् । बिहे गरेपछि आफूले चाहेजस्तो ‘रिल्याक्स’ गर्न नपाइने उनको बुझाइ छ । यसपालिको मंसिर टरेपछि अब चार वर्षसम्म बिहे नगर्ने उनको सोच छ । ‘यसपालिको मंसिर पनि ट-यो’ २५ वर्षमा हिडिरहेकी पार्वतीले स्क्रीन नेपालसँग भनिन्, ‘अब चार वर्षसम्म बिहे गर्दिनँ ।’ ज्योतिषले २४ मा लगन नजुरे २८ मा मात्रै हुन्छ भनेपछि चार वर्षलाई उनी ढुक्क भएकी हुन् । ‘अब चार वर्ष बिहे गर्दिनँ’ ज्योतिषले भनेको कुरा सम्झिँदै पार्वतीले भनिन्, ‘यो चार वर्ष रिल्याक्समै बिताउँछु । बिहे गरेपछि त सोचेजस्तो लाइफ हुँदैन ।’ हुन त पार्वतीले २८ वर्ष नपुगेसम्म बिहे नगरी बस्ने बताए पनि उनका पछि लाग्नेहरु पुरुषहरु भने थुप्रै छन् । ३ सय ५० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेर नाम र दाम कमाएकी पार्वतीलाई बिहेको प्रस्तावमा राख्न घरमै केटाहरु आउने गरेका छन् ।

parbati-rai-5-812x1024

बिशेषगरी लाहुरे, व्यापारी र विदेशमा बस्नेहरु आफूलाई माग्न आउने गरेको पार्वतीले बताइन् । तर, त्यसरी आफूलाई माग्न आउँदा ठट्टा (अभिनय) गरेजस्तो मात्र लाग्छ रे उनलाई । उनले भनिन्, ‘अहिलेसम्म थुप्रै केटा मलाई माग्न आइसके । तर, मलाई त ठट्टा गरेजस्तो मात्र लाग्छ ।’ कतिपयलाई फकाएर पठाउने गरेको उनले बताइन् । ‘कतिपय त मरिहत्ते नै गर्छन्’ पार्वतीले स्क्रीन नेपालसँग भनिन्, ‘त्यस्ताहरुलाई म करिअर दौडमा छु । केही वर्षपछि आउनु भनेर फकाएर पठाउँछु ।’

parbati-rai-6

साढे पाँच वर्षयता निरन्तर नृत्य तथा मोडलिङ क्षेत्रमा रमाउँदै आएकी पार्वतीले अहिलेसम्म आफूले चाहेजस्तो केटा पाउन नसकेको पनि बताइन् । उनले भनिन्, ‘आफूलाई मन पराउनेहरु मन पदैन, मनपर्नेले मन पराउँदैनन् । अहिलेसम्म यस्तै भएको छ ।’ त्यसो त यस्तो पीडा पार्वतीलाई मात्र होइन, अधिकांश सेलिब्रेटीमा छ । त्यसैले बिहे गर्ने भन्दाभन्दै सेलिब्रेटीको उमेरले नेटो काटेको उदाहरण छन् । तर, पार्वती भने आफ्नो बिहे गर्ने उमेर अझै बाँकी नै रहेको बताउँछिन् । उनी भन्छिन्, ‘बिहे भनेको परिपक्व भएपछि गर्ने हो । त्यसमाथि अहिले पनि म करिअर संघर्षमै छु । यस्तो समयमा बिहे गर्ने कुरै भएन ।’ अहिलेसम्म कसैसँग डेटिङको अनुभवसमेत नभएको उनले बताइन् ।

आफ्नो तत्काल बिहे गर्ने योजना नरहेपनि साथीहरुले बिहे गरेको देख्दा पनि आफ्नो मन कस्तो कस्तो हुने गरेको उनले बताइन् । ‘बिशेषगरी लुगामा ध्यान जान्छ’ उनले भनिन्, ‘साथीले बिहेमा कस्तो लुगा लगाइन् भन्नेतिरबढी ध्यान जान्छ । र, आफ्नो बिहेमा त्यो भन्दा राम्रो लगाउँछु भन्ने सोच्छु ।’ साढे पाँच वर्षयता निरन्तर नृत्य तथा मोडलिङ क्षेत्रमा रमाउँदै आएकी पार्वतीले अहिलेसम्म आफूले चाहेजस्तो केटा पाउन नसकेको पनि बताइन् । उनले भनिन्, ‘आफूलाई मन पराउनेहरु मन पदैन, मनपर्नेले मन पराउँदैनन् । अहिलेसम्म यस्तै भएको छ ।’ त्यसो त यस्तो पीडा पार्वतीलाई मात्र होइन, अधिकांश सेलिब्रेटीमा छ । त्यसैले बिहे गर्ने भन्दाभन्दै सेलिब्रेटीको उमेरले नेटो काटेको उदाहरण छन् । तर, पार्वती भने आफ्नो बिहे गर्ने उमेर अझै बाँकी नै रहेको बताउँछिन् । उनी भन्छिन्, ‘बिहे भनेको परिपक्व भएपछि गर्ने हो । त्यसमाथि अहिले पनि म करिअर संघर्षमै छु । यस्तो समयमा बिहे गर्ने कुरै भएन ।’ अहिलेसम्म कसैसँग डेटिङको अनुभवसमेत नभएको उनले स्क्रीन नेपालसँग बताइन् । ‘घरपरिवारलाई त समय दिन सकिएको छैन । यस्तो अवस्थामा कहाँ जानु डेटिङ’ पार्वती भन्छिन्, ‘अनि कोसँग जानु ? म ब्वायफ्रेन्ड बनाउनै सक्दिनँ किनकि म कामसँग केही पनि कम्प्रमाइज गर्न सक्दिनँ ।’

parbati-rai-4-873x1024
यस्तै, पार्वतीले आफ्नो क्षेत्रको व्यक्तिसँग बिहे नगर्ने बताएकी छन् । आमा–बाबुको सकेसम्म छोरी आफ्नै कास्टसँग जाओस् भन्ने सोच रहेको बताउँदै उनले भनिन्, ‘तर मेरो धारणा त्यस्तो छैन । जोसँग मन मिल्छ, त्यहीसँग बिहे गर्ने हो । यही कास्टको भन्ने हुनुपर्छ भन्ने छैन ।’ तर, आफूलाई बिहे गर्ने पुरुष सहनशील र सम्झाउन सक्ने खालको हुने पर्ने पार्वतीले बताइन् । ‘म कडा स्वभावकी छु । राईको छोरी हुँ’ पार्वतीले स्क्रीन नेपालसँग भनिन्, ‘त्यसैले मलाई झनक्क रिस उठ्छ, फेरि सम्झयो भने तुरुन्तै खुसी पनि हुन्छु ।’ आफूलाई बिहे गर्ने केटाले पाल्नु नपर्ने पनि उनले स्क्रीन नेपालसँग बताइन् । नृत्य र मोडलिङ गरेरै काठमाडौंमा घरजग्गा जोडेकी पार्वतीले भनिन्, ‘म आफ्नै खुट्टामा उभिन सक्ने भएकी छु । त्यसैले मलाई पाल्नु पर्दैन ।’
एक समय टेलिभिजन खोल्नेवित्तिकै पार्वती छाउने गर्थिन् । अहिले पनि उनी मोडलिङमै व्यस्त छिन् । सातामा कम्तिमा पनि पाँच वटा म्युजिक भिडियोमा मोडलिङ गर्दै आएको पार्वतीले सुनाइन् । त्यस्तै, उनी देश–विदेशमा पनि उस्तै व्यस्त हुने गरेकी छन् । नृत्य क्षेत्रमा लागेर सन्तुष्टि रहेको बताउँदै उनले स्क्रीन नेपालसँग भनिन्, ‘भविष्यमा चाहिँ एउटा राम्रो नृत्य स्कुल खोल्ने सोच बनाएकी छु ।’ उनले निर्देशक बन्ने सोचसमेत भएको बताइन् ।

Comments