बसन्ती भन्छिन्, ‘कुसल नृत्यकार बन्ने मेरो लक्ष्य’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ७ मंसिर सोमबार
no img

काठमाडौं । नृत्यकार बसन्ती केसी पछिल्लो समय मोडलिङमा जम्दै गएकी छन् । सानै उमेरदेखि नृत्यमा पारंगत बसन्ती भन्छिन्, ‘स्कुल पढ्दैदेखि नृत्य गर्दै आएकी हुँ । यस क्षेत्रमा लागेको करिब १५ वर्ष भइसक्यो ।’ यसरी आफूलाई नृत्यमा निखार्दै आएकी बसन्तीले पछिल्लो समय गायिका सोनिका लामाको गीत ‘डुबायो मलाई मायाले’ मा मोडलिङ गरेकी छन् । यससँगै बसन्तीलाई हिजोआज मोडलिङको लहडले पनि छोएको छ ।

Basanti kc (4)

नेपालमा आयोजना हुने विभिन्न इभेन्टहरुमा आफ्नो कला क्षमता प्रस्तुत गर्दै आएकी बसन्ती भन्छिन्, ‘मेरो रुचि भनेको मोडलिङ पनि हो । तर, आफूलाई मोडलभन्दा पनि एक कुसल डान्सर भन्न रुचाउँछु ।’ सानैबाट नृत्य गर्दै आएकाले पनि उनी आफ्नो परिचय ‘डान्सर’का रुपमा दिन चाहन्छिन् ।

Basanti kc (3)

नृत्यकै सहारामा देशविदेश घुमिसकेकी बसन्ती हाल अष्टे«लिया छिन् । उनी केही साताका लागि कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी हुन् । उनीसँगै दीप श्रेष्ठ, अनिल शाहीलगायतका चर्चित कलाकार पनि अष्ट्रेलिया कार्यक्रममा सहभागी छन् । उनीहरु यसै साता काठमाडौं फर्कँदैछन् । उताबाट फकँनेवित्तिकै बसन्तीले सोनिकाकै अर्को गीतको म्युजिक भिडियोमा मोडलिङ गर्दैछिन् । गायिका सोनिकाका अनुसार आफ्नो नयाँ गीतको म्युजिक भिडियोमा बसन्तीसँगै रंग पत्रकार विशाल राईले मोडलिङ गर्ने भएका छन् । यो साताभित्रै म्युजिक भिडियो सुट गर्ने सोनिकाले बताइन् । उता मोडल बसन्ती भन्छिन्, ‘नृत्य र मोडलिङमा रुचि भए पनि चलचित्रमा अभिनय गर्ने खाशै रुचि छैन । म आफूलाई कुसल नृत्यकार तथा मोडलका रुपमा चिनाउने लक्ष्य छ ।’

Basanti kc (2)

Basanti kc (1)

Comments