‘संगीत गुणस्तरिय र सबै वर्ग सुहाउँदो हुनुपर्छ’
screennepal
प्रकाशित: २०७२, २ मंसिर बुधबार
no img

तपाई गायक होकि संगीतकार ?

पहिले गायक त्यसपछि संगीतकार । मलाई गायकले परिचित गरायो । २०५९ सालमा न्यू आर्टिस्ट विधामा इमेज अवार्ड प्राप्त गरेपछि एकैपटक १० वटागीतमा संगीत भर्ने मौका पाएँ । त्यसपछि करिब १५ वटा गीत रेकर्ड भए । त्यसमध्ये चारवटा गीतको मात्र भिडियो निर्देशन गरें ।
यति बेलाचाहीं केमा व्यस्त हुनुहुन्छ ?
बासुदेव मुनालको शब्द र मोहितमुनालको संगीतमा ‘एउटै छ बाटो..’ बोलको गीत रेकर्ड सकियो । अब नयाँ पुराना गीतहरु समेटिएको नयाँ एल्बमको तयारी गरिरहेको छु । नयाँ प्रतिभाहरुको भिडियोलाई निर्देशन गरेर सहयोग पु-याइरहेको छु ।

Santosh Gurung1
तपाईलाई धेरैजसो कस्ता प्रकारका गीतमा रुचि छ ?
मेरो सुरुवाती स्लो रक–पप टाइप गीतहरुबाट भयो । त्यसबाहेक अन प्लग भर्सनका गीतहरुमा पनि स्वर दिएको छु ।
नेपाली गीतसंगीतको अवस्था पाउनु भएको छ ?
प्रगतीउन्मुख नै मान्नुपर्छ । तर, धेरैजसो चाहीं एल्बम निकाल्ने प्रतिस्पर्धा मात्रचले जस्तो लाग्छ । संगीतको गुणस्तरियता पाउन छाडियो । संगीत गुणस्तरिय र सबै बर्गलाई सुहाउँदो हुनु आवश्यक छ ।
आगामी योजना के छन ?
सर्ट मूभिको कामगर्ने योजना छ । पृथक किसिमका भिडियोहरु पाएँ भने निर्देशन पनि गर्छु । स्वदेशका विभिन्न स्थान र विदेशमापनि केही कन्र्सट गर्ने अफर आएको छ ।
तपाईका गीतमध्ये स्टेज पोग्राममा दर्शकहरुको फर्माइसमा कुन–कुन पर्दछन् ?
‘घुम्न जाऔं बेल्टार..’ र ‘सुनसान रात..’बोलको गीतदर्शकको रोजाइमा पर्छन । पहिलो गीतले धेरै दर्शकलाई नचाउन सक्छ ।

Comments