रुकमान लिम्बुको नयाँ गीत सार्वजनिक
screennepal
प्रकाशित: २०७२, १९ कार्तिक बिहीबार
no img

मोडल पल शाह केटी बने

प्रतिभावान गायक रुकमान लिम्बुको नयाँ गीत रिलिज भएको छ । ‘आकाशैमा हेर’ बोलको निकै मन छुने गीतमा रुकमानको स्वर रहेको छ भने भलाकाजी राईको सँगीत र शशी गुरुङको शब्द रहेको छ ।
गीतको भिडियो पबनि हालै सार्वजनिक गरिएको छ । भिडियोलाई युगल पोमोले निर्देशन गरेका हुन भने लोकप्रिय मोडल पल शाह, सम्झना राई र ह्यारी तामाङको अभिनय छ । भिडियोमा पल लाई दर्शककले फरक भुमिकामा देख्न पाउनेछन । उनले महिला भेषमा अभिनय गरेका छन । भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन भने निशान घिमिरेले सम्पादन गरेका हुन ।

 

pal shah in girl dress

pic: streetnepal
गीतको अडियोभिडियो रुकमानको आफ्नै कम्पनी रुबुशा क्रियटिभस् बाट बजारमा आएको हो । फरक खालको गीत गाएकाले यसपटक स्रोताले रुचाउनेमा रुकमान ढुक्क देखिन्छन । बिशेषगरि लिम्बु रितिरिवाज नै गीतले देखाउन खोजेको छ ।
रुकमानले दर्शक स्रोताकै चाहना र आग्रहमा यो गीत गाएको पनि बताए । उनले आफ्नो कम्पनी रुबुशा क्रियटिभसबाट सधै स्रोताको चाहना र रुचिअनुसारकै गीत पस्कने बताए । रुबुशा बाट यसअघि पनि थुप्रै लोकपप तथा आधुनिक गीतहरु सार्वजनिक भइसकेका छन ।

Comments