मंसिर ११ मा जाऊ हिड पोखरा
screennepal
प्रकाशित: २०७२, १६ कार्तिक सोमबार
no img

आगामी मंसिर ११ गते एउटा रोचक भिडन्त हुनेछ । सो दिन दर्शकमाझ प्रतिक्षित बनेको ‘कबड्डी कबड्डी’ र ठुला नामले भरिएको फिल्म ‘जाऊ हिड पोखरा’ बीच ठुलै भिडन्त हुने देखिएको छ । ‘जाऊ हिड पोखरा’ निर्देशत शोभित बस्नेतले अचानक मंसिर ११ गते फिल्म रिलिज गर्ने घोषणा गरेपछि यो भिडन्त निश्चित भएको छ ।
यी दुई फिल्मबीचको भिडन्त रोचक हुने फिल्मकर्मीहरुको बिश्लेषण छ । शोभितले आफ्नो फिल्म ले दर्शक तान्ने दाबी गरे । ‘कबड्डी कबड्डी’ निकै प्रतिक्षित छ भन्ने जिज्ञासामा शोभितले यसबाट आफुलार्य कुनै फरक नपर्ने बताए । उनले ‘कबड्डी कबड्डी’ र ‘जाऊ हिड पोखरा’ हेर्न दर्शक नै फरक हुने दाबी गरे ।

 

jau hida pokhara
बुझिएअनुसार मोफसलमा ‘कबड्डी कबड्डी’लाई भन्दा जाउ हिड पोखरालाई सर्वाधिक हल हुनेछ । यसबाट पनि आफु सशक्त रहने शोभितले दाबी गरे । आफ्नो फिल्मले दर्शकको मन जित्ने र त्यसलाई अरु कुनै फिल्म वा अन्य चीजले असर नगर्ने उनको भनाई छ ।
जीवन लुईटेल र रेखा थापा स्टारर फिल्म विगत लामो समयदेखि चर्चामा थियो ।

Comments