रोल्पा रोगको फस्टलुक सार्वजनिक
screennepal
प्रकाशित: २०७२, २ कार्तिक सोमबार
no img

फिल्म रोल्पा रोगको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नेपालीहरुको महान चाड दशैको अवसरमा फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो । निर्देशक दिपक वलीले दशैमा दर्शकलाई उपहारस्वरुप फिल्मको पोस्टर सार्वजनिक गरेको बताए ।

 

Rolpa-Rog
उनले अब केहि दिनमा फिल्मको ट्रेलर सार्वजनिक गरिने जानकारी दिए । ग्रामिण युवाहरुको जीवन भोगाई र संघर्षको कथा समेटिएको फिल्मको अहिले सबै काम सकिएको पनि उनले बताए । फिल्मको रिलिज मिति तय नभएपनि यर्सभित्र रिलिज गरिने उनको भनाई छ ।
फिल्ममा शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक थापा, शुशिल पोखरेल, बिनु खड्का, रामबाबु आक्रोश, कश्मिर रसाइली लगायतको अभिनय रहेको छ । ए वान मुभि मेकर्सको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता निर्मला वलि हुने भने निर्माता थलबहादुर वली हुन ।
नवराज उप्रेती र निशल पौडेलको छयांकन रहेको फिल्ममा अशोक बिको नृतत्य तथा गोविन्द मधुर आचार्य र शिशिर भण्डारीको संगीत रहेको छ । फिल्मका गीतहरुमा संगीतकारद्धय आचार्य र भ(डारीसँगै रिता केसीले स्वर दिएका छन । फिल्म रोल्पाकै विभिन्न स्थानमा छयांकन गरिएको हो ।

Comments