डेनमार्कबाट सुरु हुँदैछ राजेशपायलको युरोप टुर
screennepal
प्रकाशित: २०७२, २९ आश्विन शुक्रबार
no img

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका भर्सटायल गायक राजेशपायल राईले यसपालीको दशैं युरोपमा मनाउँदैछन् । आधुनिक तथा पाश्र्वगायनका यी चर्चित र व्यस्त गायक राजेशपायल आइतबार डेनमार्कतर्फ उड्दैछन् । ‘यसपालीको मेरो दशैं युरोपमै हुनेछ’ शुक्रबार दिउँसो डिल्लीबजारमा भेटिएका गायन राजेशपायलले भने, ‘यसपटक युरोपका अधिकांश मुलुकमा सांगीतिक भ्रमण गर्दैछु ।’ यो उनको युरोपका लागि दोस्रो सांगीतिक भ्रमण हो । डेनमार्कबाट सुरु हुने राजेशपायलको सांगीतिक भ्रमण यसपटक जर्मनी, बेल्जियमलगायत युरोपको २० भन्दा बढी मुलुकमा आफ्नो प्रस्तुती पस्कनेछन् ।

rajesh payal

राजेशपायलले आफू नेपालमा नभए पनि नेपालीलाई दशैंको शुभकामना दिएका छन् ।’ उनले भने, ‘यो दशैंमा म युरोप घुमिरहेको हुनेछ । तर, म यहाँ नभए पनि नेपालीको महान पर्व विजया दशमी ‘दशैं’ तथा दीपावलीको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई मेरो हार्दिकमंगलमय शुभकामना छ ।’

हुन त राजेशपायलले विश्वका अधिकांश मुलुकमा आफ्नो सांगीतिक प्रस्तुती दिइसकेका छन् । अमेरिका, हङकङ, बेलायत, इजरायल, मलेसियालगायत खाडी मुलुकहरुलाई पानी पधेँरोजस्तै धाइरहेका राजेशपायल यसपटक अझ उत्साहित छन् । युरोपको सेन्जेन मुलुकको भिषामा सांगीतिक भ्रमणमा जान लागेकाले पनि उनी उत्साहित भएका हुन् । नेपालमा हुँदा समेत दिनैजसो सांगीतिक कार्यक्रम र रेकर्डिङमा व्यस्त भइरहने राजेशपायल भन्छन्, ‘प्राय चाडबाडमा म विदेशमै हुने गर्छु ।’ विश्वका विभिन्न कुनामा नेपालहरु छरिएर रहेकाले पनि राजेशपायल चाडपर्वमा विदेश भ्रमणमा व्यस्त भएकाक हुन् । उनको सांगीतिक फ्यान त छँदैछन् नै, अहिलेसम्म ब्याचलर रहेकाले पनि राजेशपायललाई बढी अफर आउने गरेको छ ।

rajesh payal

नेपालका चर्चित गायक अनि ब्याचलर भएपछि उनका धेरै युवती फ्यान हुने भएकाले आयाोजकले समेत राजेशपायललाई पहिलो सुचिमा राख्ने गरेका छन् । दर्जनौ एल्बम तथा सयौं चर्चित गीतका गायक राजेशपायल नपुगेको देश निकै कम छ । उनी भन्छन्, ‘म जहाँ–जहाँ पुगेँ, त्यहाँ नेपालीबाट एकदमै राम्रो रेस्पोन्स र माया पाएको छु ।’ यसअघि पनि युरोपमा रहेका नेपाली श्रोता÷दर्शकको मन जित्न सफल भएकाले यसपटक पनि पूर्ण मनोरञ्जन प्रदान गर्न सक्छु भन्ने उनका विश्वास छ । उनी भन्छन्, ‘म जहाँ पुग्छु, त्यहाँ मेरो दर्जन चर्चित गीतहरु प्रस्तुत गर्नेछु । मलाई सुन्नेहरुलाई पूर्ण मनोरञ्जन प्रदान गर्नेछु ।’ राजेशपायलले आफू नेपालमा नभए पनि नेपालीलाई दशैंको शुभकामना दिएका छन् ।’ उनले भने, ‘यो दशैंमा म युरोप घुमिरहेको हुनेछ । तर, म यहाँ नभए पनि नेपालीको महान पर्व विजया दशमी ‘दशैं’ तथा दीपावलीको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई मेरो हार्दिक मंगलमय शुभकामना छ ।’

Comments