‘उत्तरमा छन् है बुढाङाङ’ भन्दै राजेशपायलले मर्काए कम्मर
screennepal
प्रकाशित: २०७२, २८ आश्विन बिहीबार
no img

काठमाडौं । चलचित्र ‘नाई नभन्नु–४’ को छायांकन सकिएको छ । विकास आचार्य निर्देशित यो चलचित्र ३५ दिनमा छायांकन सकिएको बताइएको छ । चितवन र काठमाडौंमा छायांकन गरिएको यस चलचित्रमा ५ वटा गीत समावेश गरिएको निर्देशक आचार्यले बताए । त्यसमध्ये एक गीत नेपाली चलचित्रका क्षेत्रका चर्चित कलाकारलाई राखेर छायांकन गरिएको छ । बसन्त सापकोटाको संगीतमा रहेको ‘उत्तरमा छन् है बुढाङाङ्’ बोलको गीतपछि छायांकन सकिएको हो । यस गीतमा गायक राजेशपायल राईले पनि कम्मर मर्काएका छन् । गीतमा राजेशपायललगायत दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी र संजोग कोइराला देखिने भएका छन् ।

rajesh-and-priyanka ‘नाई नभन्नु ल’ निर्देशक विकाशको सफल चलचित्र हो । यसैको चौचो संस्करणका रुपमा यो चलचित्र निर्माण गरिएको हो । अघिल्ला तेस्रो संस्करणभन्दा यसपटक चलचित्र उत्कृष्ट बनेको विकाशको दावी छ । उनका अनुसार यसपटक प्राविधिक रुपमा मात्र नभइ पारिवारिक बिषयवस्तु र कमेडीलाई पनि महत्व दिइएको छ । चलचित्रमा प्रियंका कार्की, अनुभव रेग्मीलाई निरन्तरता दिइएको छ भने पल शाह, बर्षा राउत, आँचललाई नयाँ अनुहारका रुपमा प्रस्तुत गरिएको छ । निर्देशक आचार्यका अनुसार यो चलचित्र आगामी २६ चैत्रमा प्रदर्शनमा आउनेछ ।

priyanka-bikash-and-anuvab

Comments