‘सयौं डाँडा काटेर’पछि एल्बम ल्याउँदै संगीता (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २३ आश्विन शनिबार
no img

काठमाडौं । संगीत मल्ल ठकुरी आफ्नो पहिलो एल्बमको तयारीमा जुटेकी छन् । आफ्नो पहिलो गीत ‘सयौं डाँडा काटेर’ को सफलतापछि गीति लेखनमा सक्रिय भएकी संगीता भन्छिन्, ‘सानैदेखि गीत लेखने मेरो हो । अहिले उक्त चाहना फेरि सलबलाएको छ ।’ अर्काको मुलुकमा दिनरात रगत पसिना बागाउँदा हल्का फुर्सद भएको बेला मन भुलाउन गीतसंगीतको विकल्प नभएको उनी बताउँछिन् । फुर्सद भएको समयमा मनमा आएका भावनालाई गीति एल्बममार्फत ल्याउन लागेको उनले बताइन् उनले गायिका नित्याशिवा र आफ्नो पहिलो गीतको म्युजिक भिडियो बनाएर सहयोग गर्ने गीतकार शंकर अधिकारी ‘घायल’प्रति आभारीसमेचत व्यत्तः गरेकी छन् ।

12081387_835448113238528_1512812293_n

केही वर्षयता लेबोन (इजरायलको छिमेकी राष्ट्र)मा मा बस्दै आएकी संगीता भन्छिन्, ‘विदेशी भुमिमा नेपाली गीतसंगीतको अझै बढी माया लाग्दोरहेछ ।’ पोखराकी संगीताले चाँडै नै एल्बम सार्वजनिक गर्ने बताइन् ।

https://www.youtube.com/watch?v=p7jpvW55Iwg

Comments