राजधानीमा ग्यासको हाहाकार : विकल्प दाउरा
screennepal
प्रकाशित: २०७२, २३ आश्विन शनिबार
no img

काठमाडौं । भारतले अघोषित रूपमा गरेको नाकाबन्दीले बजारमा ग्यासको अभाव भएपछि राजधानीका सर्वसाधारण दाउराको प्रयोग गर्न बाध्य छन् । अनामनगरकी बिनिता महर्जनले घरको छतमा दाउराको चुल्हो बालेर खान पकाउन सुरू गरेकी छन् । ‘घरमा ग्यास सकिएको सात दिन भइसक्यो, बजारभरी ग्यास खोजेको कहीँकतै पाइँदैन’ उनले भनिन्, ‘त्यसैले विकल्पको रूपमा दाउरा बालेर भएपनि छतमा खाना पकाउन सुरू गरेकी छु ।’ बागबजारमा डेरा गरी बस्दै आएकी झापाकी उर्मिला गजमेरले पनि ग्यास नभएपछि फर्निचर उद्योगबाट काठको भूस लिएर भूसे चुल्होमा खाना पकाउँदै आएकी छन् । गजमेरले भभनिन्, ‘घरभित्र दाउरामा पकाउन घरबेटीले दिँदैनन्, यसो बाहिरपट्टि आँगनको छेउमा भूसे चुल्होमा खाना पकाएर गुजारा चलाउँदै छु ।’ त्यस्तै, घट्टेकुलोमा भाडामा बस्ने नविन तामाङले ग्यास नपाएपछि विकल्पको रूपमा विद्युत्को माध्यमबाट हिटर चुल्होमा खाना पकाउँदै आएकी छन् । ‘के गर्ने अब दसैँमा घर जानका लागि गाडीको समस्या छ’ उनले भनिन्, ‘ग्यास कहिले पाउने हो, खानै नपाएर मरिन्छ कि जस्तो भइससक्यो नाकाबन्दी कहिले खुल्ने हो ।’

nabin

तस्बिर : नविन गुरुङ

राजधानीमा ग्यासको हाहाकार हुन थालेपछि दाउरा विकल्पका रुपमा देखिएको छ । ग्यास, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको अभाव हुँदासमेत सरकारले कुनै वास्ता नगरेको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् । ग्यास बिक्रेता महासंघका महासचिव चन्द्रबहादुर थापाले सरकारले जतिसक्दो चाँडो नाकाबन्दी खुलाएर ग्यास आपूर्ति गरी जनताको घरमा चुल्हो बाल्ने काम गर्नुपर्ने बताए । नेपालमा संविधान जारी भएलगत्तै तराईका विभिन्न जिल्लामा मधेसी दलले गरेको बन्द र भारतले अघोषित रूपमा गरेको नाकाबन्दीका कारण ग्यास, इन्धन र अन्य खाद्यन्न यायातमा सामस्या देखिदा मुखैमा आएको दसैँमा घर जाने वा नजाने भन्ने विषयमा सर्वसाधारण चिन्तित छन् ।

Comments