ओली मुलुकको ३८औं प्रधानमन्त्री हुने पक्का
screennepal
प्रकाशित: २०७२, २३ आश्विन शनिबार
no img

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली नेपालको ३८औं प्रधानमन्त्री हुने निश्चित भएको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्ने भएको छ । व्यवस्थापिका संसदको आइतबार ११ बजेको बैठकमा मतदान हुनेछ । एमाले अध्यक्ष केपी ओलीले शनिबार उम्मेदवारी दर्ता गरेका छन् । केपी ओलीसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धाका लागि कांग्रेस सभापति सुशील कोइरालाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
kp-oli2ओलीको प्रस्तावक एमाओवादी अध्यक्ष प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा छन् । एमाओवादी र राप्रपा नेपालको समर्थन पाएपछि ओली प्रधानमन्त्री हुने पक्कापक्की भएको छ । एमालेका १८३, एमाओवादीका ८३ र राप्रपा नेपालका २५ सभासद छन् । तीन दलको कुल मत २९१ हुन्छ । ओलीलाई साना दलको पनि समर्थन रहेको छ । प्रधानमन्त्री बन्न ओलीलाई आवश्यक ३०० मत पु-याउन तीन दलबाहेक थप ९ मतमात्रै चाहिन्छ । यसका लागि राप्रपासहितका दलहरुले सहमति जनाइसकेकाले ओलीको बहुमत निश्चित देखिएको हो ।

Comments