अस्मितालाई देवले भने, ‘लाउँकी मोहनी’
screennepal
प्रकाशित: २०७२, २२ आश्विन शुक्रबार
no img

काठमाडौं । गायक देवराज आलेमगरले अर्को म्युजिक भिडियो निर्माण गरेका छन् । केही समयअघि मात्र ‘जुन नजिकै’ बोलको गीतको म्युजिक भिडियो सिार्वजनिक गरेको देवले यसपटक ‘लाउँकी मोहनी’ गीतको भिडियो निर्माण गरेका हुन् । यो देवको चौथो एल्बम ‘मोहनी’ को शीर्ष गीत हो । यस गीतको म्युजिक भिडियो निर्देशन कमल एक्चै मगरले गरेका हुन् । दामन र कुलेखानीमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा गायक देवसँगै अस्मिता गुरुङले मोडलिङ गरेका छन् । गायक देवको यो छैटौं भिडियो हो । यसअघि उनले ‘जीन्दगीको दोबाटो’, ‘म्हेन्दोमाया’, ‘जुन नजिकै’लगायतका पाँच म्युजिक भिडियो दर्शक तथा श्रोतामाझ पस्किसकेका छन् ।

Lauki Mohani_1

‘लाउँकी मोहनी’ गीतको म्युजिक भिडियो निर्माणसँगै उनी ‘भिसिडी कलेक्शन’ निकाल्ने सोचमा छन् । उनले भने, ‘यो भिडियो रिलिजपछि कलेक्शन भिसिडी निकाल्ने सोच बनाएकोे छु ।’ ‘लाउँकी मोहनी’ अर्को सातातिर रिलिज गर्ने उनले बताए । यस भिडियोलाई निरज श्रेष्ठले खिचेका हुन् । यस म्युजिक भिडियोलाई पर्फमिङ आर्ट क्रियशनले बजारमा ल्याउँने भएको छ ।

Lauki Mohani_2

Comments