बविताको पूर्वेली भाकामा ‘अनुमा’
screennepal
प्रकाशित: २०७२, २२ आश्विन शुक्रबार
no img

काठमाडौं । नवगायिका बविता राई ‘अनुमा’ लिएर आएकी छन् । एल्बममा पुर्वेली लोकभाका, राष्ट्रिय गीत, आधुनिक तथा नेपाली मौलिक भाका समावेश गरेकी छन् । केही दिनअघि एक समारोहबीच बविताले आफ्नो एल्बम सार्वजनिक गरेकी हुन् । बविताको एल्बमलाई गायक आनन्द कार्की, प्राज्ञ तथा संगीतकार शान्तिराम राईलगायतले विमोचन गरेका थिए । विमोचन समारोहमा गायिका बविताले आफ्नो पहिलो एल्बम निकाल्नका लागिे सहयोग गर्नेप्रति खुसी ब्यक्त गर्दै धन्यवाद दिइन् । उनले भनिन्, ‘मेरो पहिलो प्रयास हो यो । आउने दिनमा अझ नया“ किसिमका गीत ल्याउने छु ।’ उनले आफूमा भएका कमिकमजोरीलाई सुधादै जाने पनि बताइन् ।

IMG_6945
कार्यक्रममा संगीतकार शान्तिरामले एल्बमको समिक्षा गर्दै गीतहरु राम्रो रहेको बताए । एल्बममा ६ वटा गीत समावेश छन्, जसमा रामचन्द्र अञ्जान, विनय लामा, उमेश खड्का र डीबी लामाको संगीत रहेको छ, भने अमर रसाइली, इश्वर चाम्लिङलगायतको शब्द रहेको छ । एल्बम विमोचनसँगै ‘साचो माया’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । म्युजिक भिडियो राजेश राईले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा मनि चाम्लिङ, सन्ध्या र अजिताको मोडलिङ रहेको छ ।

IMG_6962

Comments