डब्बुले गजलमा ल्याए पत्नीसँग पोखरा घुम्दाको अनुभव (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २२ आश्विन शुक्रबार
no img

काठमाडौं । प्राय कलाकारले आफ्नो कृति अरुको हातबाट सार्वजनिक गर्छन् । तर, ‘झम् झम् झरी बर्सिरहेको साउनको रात नछुटोस’ भने यसै गलजका स्रष्टाले आफै विमोचन गरेका छन् । यस गजलको भिडियो एल्बम ‘झम्झम झरी’को गायक दीपक लिम्बु, संगीतकार जुगल डंगोल र मोडल अम्बर श्रेष्ठले बिहिबार काठमाडौंमा एक समारोहबीच आफैले बिमोचन गरे । डब्बु क्षत्रीद्धारा रचनाबद्ध यस गजल क्षत्रीकै यो वर्षको विभिन्न अवार्डमा उत्कृष्ट गजल संग्रह विधामा परेको ‘झरी’मा समेटिएको छ । जसमा दीपक लिम्बुको स्वर र जुलग डंगोलको संगीत छ ।  यसको भिडियोमा बेलायत निवासी समाजसेवी अम्बर श्रेष्ठ र मोडल क्वेस्ट इन्टरनेशलनकी मोडल कृति पुरीले अभिनय गरेका छन् । बेलायतमा चिकित्सा क्षेत्रबाट सामाजिक क्षेत्रमा पु-याएको योगदान गरेबापत त्यहाँको सरकारबाट सम्मानित अम्बर श्रेष्ठले पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरेको हुन् । भिडियोमा काम गर्दा रमाईलो लागेको अनुभव सुनाए । उनी भूकम्प प्रभावित क्षेत्रमा विभिन्न सामाजिक सेवाका लागि नेपाल आएका हुन् ।

_MG_9349
जुगल डंगोलले आफुले संगीत गरेअनुसार भिडियो बनेको बताए । गायक लिम्बुले यो गजल आफुलाई साह्रै मन परेको र भिडियोबाट आफु सन्तुष्ट रहेको धारणा राखे । गजलकार क्षेत्रीले नै भिडियोको निर्देशन गरेका हुन् । एक दशकअघि आफुले पत्नीसँग पोखरा घुम्दा त्यही यो गजल लेखेको क्षेत्रीले बताए । सोही कारण यसलाई पोखरामा छायाँकन गरिएको उनको कथन थियो । रामशरण उप्रेतीले खिचेको, मित्र गुरुङले सम्पादन गरेको र सानु खानको मुख्य सहायक निर्देशन रहेको छ । बिहीबारबाट यो भिडियो नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जाल यु ट्युबबाट सार्वजनिक भएको छ ।

Comments