नेपाल सरकारद्वार इन्धन आपूर्ति गर्न ग्लोबल टेन्डर आह्वान
screennepal
प्रकाशित: २०७२, २१ आश्विन बिहीबार
no img

काठमाडौं । भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेको करिब दुई सातापछि नेपाल आयल निगम ‘एनओसी’ले इन्धन आपूर्ति गर्न बिहीबार ग्लोबल टेण्डर आह्वान गरेको छ । निगमले १५ दिनका लागि डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एलपीजी ग्यास आपूर्ति गर्न तीनदिने टेण्डर आह्वान गरेको हो । गोरखापत्र राष्ट्रिय दैनिकमा सुचना प्रकाशन गर्दै निगमले डिजेल प्रतिदिन दुई सय किलोलिटर, पेट्रोल एक सय किलोलिटर, हवाई ईन्धन र मट्टितेल दुई सय किलोलिटर र एलपीजि ग्यास सय मेट्रिक टन आपूर्तिका लागि ग्लोवल टेण्डर आह्वान गरेको हो ।

Noc

आयल निगमको यो आह्वानसँगै इन्धनमा नेपालमा रहेको भारतको एकाधिकार पनि तोडिने छ 

निगमका कार्यकारी निर्देशक गोपाल खड्काका अनुसार हवाईमार्ग वा स्थलमार्गबाट काठमाडौंमा तत्कालै पेट्रोलियम पदार्थ उपलब्ध गराउन स्वदेशी तथा विदेशी सप्लायर्सबाट तीन दिनभित्रमा प्रस्ताव माग गरेको छ । आयल निगमको यो आह्वानसँगै इन्धनमा नेपालमा रहेको भारतको एकाधिकार पनि तोडिने छ । गत असोज ६ गतेदेखि भारतले अघोषित नाका बन्दी गर्दै आएको छ । त्यसयता ईण्डियन आयल कर्पोरेशन ‘आईओसी’ ले नेपाललाई आवश्यक परिमाणमा इन्धन उपलब्ध नगराउँदा पेट्रोलियम पदार्थलगायत खाना पकाउने ग्यास तथा अस्पतालहरुमा चाहिने अत्यावश्यक अक्सिजनको समेत हाहाकार हुन थालेको छ ।

nepal oil corporation global tender for oil suply

Comments