केहि नबोली के भयो त ! (भिडियोमै हेर्नुहोस)
screennepal
प्रकाशित: २०७२, २१ आश्विन बिहीबार
no img

alisha
चाडवाड नजिकिंदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा विभिन्न नयाँ नयाँ गीत सङ्गीतहरुको सार्वजनिक हुने क्रम बढिरहेको छ | यसैबीच भर्खरैमात्र गायक शेखर च्यान लामाको स्वरमा रहेको गजल गीत केहि नबोलीको म्युजिक भिडियो सार्वजनिक भएको छ | अहिलेको निकै चर्चित र ब्यस्त मोडेल बिनोद न्यौपाने र एलिशा राइ द्वारा अभिनित यस म्युजिक भिडियोलाई फोटोपत्रकार नबिन गुरुङले निर्देशन तथा छायांकन गरेका छन् | साहस शाक्यको शब्द संगीत तथा संगीत संयोजनमा तैयार पारेको यस गीतको म्युजिक भिडियोमा फोटोपत्रकार नबिन गुरुङको निर्देशन तथा छायांकन शैली निकै नै उत्कृष्ट देखिएको छ भने मोडल द्वय बिनोद र एलिशा राइको अभिनय पनि निकै प्रशंसनीय देख्न सकिन्छ |
नेपाली म्युजिक भिडियोमा एक समय एकछत्र राज गरेका म्युजिक भिडियो निर्माता तथा सम्पादक मोक्ष प्रोडक्सनका निर्देशक प्रविन श्रेष्टले यस म्युजिक भिडियोलाई सम्पादन गरेका छन् | म्युजिक भिडियो छोटो अनि मिठो छ, भिडियो हेर्दा हेर्दै सकिएको पत्तै पाइदैन भन्दै म्युजिक भिडियो असाध्यै राम्रो बनेको सम्पादक प्रविन श्रेष्टले बताए |

https://www.youtube.com/watch?v=y7rfkvoooP0&feature=youtu.be

Comments