दर्जन मोडलको बिरालो चाल (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २० आश्विन बुधबार
no img

काठमाडौं । पाँचतारे होटलको रंगीन साजसज्जा, त्यसमाथि करिब एक दर्जन मोडलको बिरालो चाल । उक्त माहोल सम्झिँदा कस्तो होला ? केही दिनअघि राजधानीको मुट मानिने दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णमा ठ्याक्कै यस्तै माहोल देखिएको थियो । मोडलहरु विभिन्न सिक्वेन्समा -याम्पमा क्याटवाक गरिरहँदा नजिकिँदो नेपालीको पर्व दशैं र तिहार झल्किएको थियो । हुन त आयोजकले नेपाली नारीको पर्व तिजलाई झल्काउने उद्देश्यले उक्त फेसन शोको आयोजना गरेको थियो ।

fashion show (1)
यो फरक किसमले फेसनको आयोजना ‘आरएनआर गु्रप’ले गरेको हो । ‘रोयल नापा भिलेज वाइन एञ्जल अन द फ्लोर–२०१५’ नाम दिइएको उक्त भव्य फेसन शोलाई ‘रोयल काठमाण्डु हिमालयन बेभरेज’ले मुख्य प्रायोजन गरेको थियो । नेपाली पहिरनको प्रमोसन गर्ने उद्देश्यले आयोजित फेसन सोमा मोडलहरु सारी, लेहेंगा, समर तथा इभिनिङ गाउनमा -याम्पमा उत्रिएका थिए । उक्त चार सिक्वेन्समा हसिना प्रधान, प्रस्मिन श्रेष्ठ, विनिशा श्रेष्ठ, साइका श्रेष्ठ, जिनु महर्जन, ज्योत्सना महर्जन, निर्मिता डंगोल, सजदा बानो, एनी शाक्य, रिया ताम्राकार र रेश्मा थापालगायतका व्यवसायिक मोडलहरुले -याम्प नापेका थिए । उनीहरुले हरेक सिक्वेन्समा दर्शकको ताली बटुलेका थिए । आफूहरुले सोचेजस्तै कार्यक्रम सफल भएको आयोजकले जनाएको छ ।

fashion show (5)

fashion show (4)

fashion show (3)

fashion show (2)

Comments