‘रमाइलो चाड’मा रमाउँदै रिस्ता र बिकास (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १९ आश्विन मंगलवार
no img

काठमाडौं । नेपालीको महान चाड विजयादशमी ‘दशैं’ नजिकिँदै गर्दा दसैंसम्बन्धी गीतहरु सार्वजनिक हुने क्रम पनि बढिरहेको छ । यसैक्रममा गायक महेश क्षेत्रीको स्वरमा ‘रमाइलो चाड’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दीपक थापाको शब्द र शंकर थापाको संगीत रहेको छ । यस गीतले दशैंमा रमाइलो गर्दै खुशी बाँडन आग्रह गरेको छ । कटुन्जेको महादेवस्थानमा छायांकन गरिएको यस म्युजिक भिडियोको निर्देशन गीतकार शंकर अधिकारीले गरेका हुन् । म्युजिक भिडियोमा नायिका रिस्ता बस्नेत विकास लामिछानेले मोडलिङ गरेका छन् ।

ghgjg

सन्दीप भुजेलले नृत्य निर्देशन रहेको यस भिडियोमा रामेश्वर हुमागार्इंको छायांकन र नविन निरौलाको सम्पादन रहेको छ । यस म्युजिक भिडियोलाई बुढासुब्बा म्युजिकले बजारमा ल्याएको हो ।

Comments