म्युजिक भिडियोमा मिनाको ‘स्कुले जीवन’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १८ आश्विन सोमबार
no img

काठमाडौं । गायिका मिना राइले ‘स्कुले जीवन’ श्रोतामाझ सार्वजनिक गरेकी छन् । हालै रातोपुलस्थित रक हाउस क्याफेमा एक कार्यक्रमबीच मिनाले म्युजिक भिडियोसहितको आफ्नो सांगीतिक कोशेली श्रोतालाई सुम्पेकी हुन् । ‘स्कुले जीवन’ को केही गीतमा मिनालाई गायक राजेश पायल राईले स्वरमा साथ दिएका छन् । मिनाको ‘स्कुले जीवन’ मा ६ वटा गीत छन्, जसका सबै म्युजिक भिडियो बनाएको छ ।

school

डिआर ‘अटु’, मिना राई सागर राउत र विश्व लिम्बुको शब्द रहेको उक्त गीतमा संगीत कुमार दुमी राई, डक्टर किरात र धनु ज्ञाङमीले भरेका छन् । सो म्युजिक भिडियोमा शान्ता राई, ज्ञानेन्द्र थेबे, किरण मगर, देव राई, सक्केस राई, शान्ति श्रेष्ठ, सुमी लिम्बु, अनिल राईलगायतले अभिनय गरेका छन् । यस भिडियो एल्बमलाई पर्फमिङ आर्ट क्रिएशन प्रालिले बजार ब्यवस्थापन गरेको हो ।

Comments