श्रोतालाई जशोदाको ‘धुनहरु’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २४ भाद्र बिहीबार
no img

bimochan2

काठमाडौं । ‘धरान सुनसरी’ बोलको गीत सायद धेरैले सुनेको हुनुपर्छ । यस गीतको गायिका हुन् जशोदा सुब्बा । केही वर्षअघि नै यो गीत हिट भए पनि जशोदाले एल्बम भने ल्याएकी थिइनन् । अहिले यिनै गायिका आफ्ना श्रोता/दर्शक्का लागि ‘धुनहरु’ लिएर आएकी छन् । मिठो स्वरकी धनी जशोदाको ‘धुनहरु’ पहिलो एकल गीति एल्बम हो । जसलाई बिहीबार राजधानीमा एक कायक्रमबीच बरिष्ठ गायिका कुन्ती मोक्तानले सार्वजनिक गरिन् । एल्बम सार्वजनिक गरेपछि गायिका मोक्तानले जशोदाको गायन प्रतिभाको प्रशंसा गर्दै नेपाली सांगीतिक क्षेत्रमा एक महिला स्वर थपिएको बताइन् । उनले भनिन्, ‘गायनमा संख्याको आधार पुरुषको तुलनामा महिला निकै कम छन् । तर, कला र प्रतिभामा पुरुषभन्दा कम छैनन् ।

bimochan1

एल्बम ‘धुनहरु’सँगै नेपाली संगीत क्षेत्रमा एक प्रतिभाशाली महिला स्वर थपिएको छ ।’  केही वर्षयता दक्षिण कोरियामा बस्दै आएकी ताप्लेजुङकी यी गायिकाले भनिन्, ‘गायनमा मेरो सानैबाट रुचि थियो । तर, अहिले आएर बल्ल एल्बम ल्याउन सफल भएँ ।’ उनले एल्बम ल्याउन निकै मिहिनेत गरेको बताउँदै भनिन्, ‘कोरियामा पनि गायनलाई निरन्तरता दिइरहेँ । एउटा गीत कोरियामै रेर्कड गरेकी हुँ ।’ ‘धुनहरु’ आफ्नो पहिलो एल्बम भए धुनहरुको दुनियाँमा स्थापित हुन सक्ने अपेक्षा लिएको जशोदाले बताइन् ।

bimochan

रुबुशा क्रियशन वर्कस्ले बजारमा ल्याएको ‘धुनहरु’ मा चार वटा गीत समावेश छन् । जसमा तिमीलाई आफ्नो भनि, निदै छैन, म कोपिला सरी र सबैको नजर बोलका गीत रहेका छन् । कार्यक्रममा एल्बमको ‘तिमीलाई आफ्नो भनि’ गीतको म्युजिक भिडियो समेत देखाइएको थियो । निकेश खड्काले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अकेशा विष्ट र निराजन भण्डारीले मोडलिङ गरेका छन् । तस्बिर नविन गुरुङ÷स्क्रिन नेपाल

Comments