दीपिकाको दुवै हातमा लड्डु !
screennepal
प्रकाशित: २०७२, २२ भाद्र मंगलवार
no img

काठमाडौं । नेपालीमा एउटा उखानै छ, ‘दुवै हातमा लड्डु’ । अहिले बलिउड अभिनेत्री दीपिकिा पादुकोणका लागि ठ्याक्कै यस्तै भएको छ । दीपिकालाई फिल्म प्रस्तावको ओइरो लागेको छ । प्रस्ताव आएजति उनले धकाभक साइन गरिरहेकी छन् ।  दक्षिण भारतीय फिल्म ‘रोबोट’ को चाँडै सिक्वेल बन्दैछ । यस फिल्ममा पनि अभिनेत्री दीपिका पादुकोण मुख्य भूमिकामा देखिने भएकी छन् ।
‘रोबोट’ दक्षिण भारतीय फिल्मका चर्चित निर्देशक शंकरको हिट फिल्म हो । जुन फिल्मको सिक्वेलका लागि अहिले काम भइरहेको छ । फिल्ममा रजनीकान्तको पनि मुख्य भूमिका रहने बताइएको छ । दीपिकाले पछिल्लो समय दुई फिल्ममा साइन गरेकी छन्, जसमा ‘रोबोट–२’ पनि हो । लगातार दुई फिल्ममा साइन गरेपछि ‘सोच्दै नसोची फिल्म साइन गर्न थालिन्’ भन्ने उनलाई आरोप नै लाग्न थालेको छ ।

deepika-smita
राम्रो पारिश्रमिक पाएपछि दीपिकालाई फिल्म साइन गर्नु कुनै ठूलो कुरा रहेन । तैपनि दीपिका भन्छिन्, ‘म नराम्रो कथावस्तुको फिल्ममा कामै गर्दिनँ । पैसा मात्र सबै कुरा होइन ।’ बलिउडमा चर्चा गरिएअनुसार पछिल्लो दिन दीपिकालाई यस्तो आइलाग्यो कि, दुईवटै फिल्म छाड्न सकिनन् । दीपिकाले राम्रो कथावस्तु र भनेजस्तै परिश्रमिक पाएपछि आँखा चिम्लेर फिल्म साइन गरेको बताइन्छ । उनका आलानेचकले त ‘दीपिका पैसामा लोभिइन्’ भन्न थालेका छन् । तर, आफ्नो कुरा काट्नेहरुको उनले कुनै हेक्का राखेकी छैनन् ।
दीपिकाले ‘रोबोट–२’ मा काम त गर्न चाहिन्, तर समय कसरी मिलाउँछिन् ? उनका समकक्षीका लागि बेकारमा टाउको दुखाइ बनेको छ । तर, दीपिकाले निर्देशक शंकरलाई ‘जसरी पनि समय मिलाउँछु’ भनिसकेकी छन् । दीपकाले आश्वास्त पारेपछि शंकर पनि ढुक्क भएका छन् । ‘मलाई दीपिकाको समयप्रति चिन्ता थियो’ शंकरले भनेका छन्, ‘तर, उनले समय मिलाउँछु भनेकी छन् ।’

 एजेन्सीको सहयोगमा

Comments