डम्बर जोसिए, ‘कि जंगे जेलमा कि रेलमा’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २२ भाद्र मंगलवार
no img

काठमाडौं । एक समय चर्चाको शिखरमा आएका गायक डम्बर नेपालीको नयाँ म्युजिक भिडियो दर्शक तथा श्रोतामाझ आएको छ । यसअघि ‘आज आकाशमा एउटा तारा देखिनँ’ र ‘अन्तिम पटक भेट्न आऊ’ जस्ता गीतमार्फत श्रोताको मन जित्न सफल भएका नेपाली यसपालि अलि बढी नै जोसिएर ‘कि जंगे जेलमा कि जंगे रेलमा’ भन्दै आएका छन् । हालै यु–ट्यबमार्फत रिलिज गरिएको उक्त गीत श्रोताले निकै रुचाएका छन् । गायक नेपालीकै शब्द तथा संगीत रहेको यस गीतले युवा पुस्ताको रोमान्टिक पे्रमभावलाई झल्काएको छ छ ।

damber-junge
गीतको भिडियोमा एकोहोरो प्रेमको नतिजालाई देखाइएको छ । यस म्युजिक भिडियोलाई प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको यस भडियोलाई रुबुशा क्रियटिभ वर्कस्ले बजारमा ल्याएको हो । रुबुशा गायक रुकमान लिम्बूको कम्पनी हो । पछिल्लो समय गायक रुकमान गायनसँगै संगीत प्रवद्र्धनमा छन् भन्ने उदाहरण यसै गीतले दिएको छ ।म्युजिक भिडयोमा रिना, निरज, जेडी, सुजन र सविनले अभिनय गरेका छन् ।

Comments