पाकिस्तानी अभिनेत्रीले छेंडे ट्विटर युद्ध !
screennepal
प्रकाशित: २०७२, १७ भाद्र बिहीबार
no img

नयाँदिल्ली, (एजेन्सी) । सन् १९९३ को मुम्बई हमलामा आधारित बलिउड फिल्म ‘फैन्टम’लाई लिएर भारतमा मात्र नभई यतिखेर पाकिस्तानमा समेत चर्चा भइरहेको छ । भनिन्छ, यो फिल्म आतंकवादी हफीज सईदको निर्देशनपछि पाकिस्तानमा बन्द गरिएको थियो ।
आतंकवादको पृष्ठभूमिमा केन्द्रीत कबीर खानको यस फिल्मलाई लिएर पाकिस्तानमा ट्विटर युद्ध नै छेडेंको छ । पाकिस्तानकी चर्चित अभिनेत्री मावरा होकेनको एक ट्विट, जसमा उनले ‘फैन्टम’ लाई पाकिस्तानमा बन्द गर्नु गलत भएको बताएकी छन् । उनले आफ्नो ट्विटमा भनेकी छन्, ‘फैन्टम’ फिल्म आतंकवादविरुद्ध छ । एक आतंकवादी कुनै पनि देशका लागि फाइदा छैन । आतंकवादी केवल आतंकवादी नै हुन् ।’

Mawra Hocane
ती अभिनेत्रीको ट्विटलाई लिएर पाकिस्तानमा सोशल मीडियामाथि बवाल भएको छ । केहीले अभिनेत्री मावराको समर्थन गरेर ट्विट गरेका छन् भने केहीले मावरालाई नै प्रतिबन्ध गर्नुपर्ने माग गरिरहेका छन् । भारत विरोधी भावनाका भनिएका चर्चित पाकिस्तानी अभिनेता शान शाहिदले मावराको ट्विटलाई लिएर आक्रोशित भएका छन् । उनले मावरामाथि नै प्रतिबन्ध लगाउन माग गरेका छन् । यतिमात्र नभएर मावरालाई प्रतिबन्ध गर्न अहिले पाकिस्तानमा सोशल मीडिया केम्पेन नै सुरू भएको छ । शानले पाकिस्तानको केही देशभक्त फिल्ममा काम गरिसकेका छन्, जसमा उनी भारतविरुद्ध लडेको देखाइएको छ ।
आफ्नो सो ट्विटलाई लिएर पक्ष–विपक्षमा विभिन्न टिप्पणीसँगै विवाद बढ्न थालेपछि मावराले ती ट्विट डिलिट गरेकी छन् । फिल्म ‘फैन्टम’ले भारत र पाकिस्तानीमा राम्रै छापा छाडेको निर्देशक कबीरले दावी गरेका छन् ।

Comments