जेलबाट विदा लिएर सञ्जयले भेटे सञ्जयलाई !
screennepal
प्रकाशित: २०७२, १६ भाद्र बुधबार
no img

मुम्बई । जेल जीवन बिताइरहेका बलिउड अभिनेता सञ्जय दत्त निर्देशक सञ्जय गुप्ताको फिल्ममा काम गर्ने भएका छन् । केही दिनअघि जेलबाट विदा लिएर बाहिर निस्केका अभिनेता दत्तले निर्देशक गुप्तासँग भेटेका छन् । उनीहरुले एक फिल्ममा काम गर्ने निर्णय गरेको बताइएको छ् ।

sanjay dutt
समाचारमा बताइएअनुसार फिल्म एक्शन थ्रिलरमा आधारित हुनेछ । सञ्जय दत्तचाहिँ कम्ब्याक फिल्म बन्नेछ । सञ्जय दत्तले आफ्नो कम्ब्याक गुप्ताको फिल्मबाट गर्न चाहेका छन् । निर्देशक गुप्ताले पनि यसै वर्ष दुइवटा फिल्मसम्म बनाउन चाहेका छन् ।
अभिनेता दत्त र गुप्ताले दुइटै फिल्मको स्क्रिप्ट यसअघि नै फाइनल गरिसकेका छन् । भनिन्छ, ती दुइटै फिल्म एक्शन थ्रिलर्स हुनेछ । यो फिल्म ‘कँंटे–२’ जस्तो नुहने बताइएको छ जबकि यस फिल्म सञ्जयमात्र हिरो हुनेछन् । यस फिल्ममा एकता कपूरले लगानी गर्ने भएकी छन् । एकताले आफ्नो टिम छनोट गरिसकेको बताइन्छ । एकताले पनि गुप्ता र दत्तसँग केही फिल्म गर्न चाहेकी थिइन । तीनै जनाको इच्छा मिलेपछि अब चाँडै काम सुरु गर्ने भएका छन् ।

Comments