केटी प्राइसजस्तो हुन ८६ हजार पाउण्ड खर्च
screennepal
प्रकाशित: २०७२, १३ भाद्र आईतवार
no img

KATIE PRICE

KATIE PRICE

लन्डन । सेलिब्रेटीको कतिसम्मका फ्यान हुँदारहेछन् भन्ने उदाहरण दुई आमाछोरी बनेका छन् । ब्रिटिस सुपर मोडल तथा र टिभी स्टार केटी प्राइसजस्तै देखिनका लागि एक जोडी आमाछोरीले सर्जरीमै ८६ हजार पाउन्ड खर्च गरेका छन् । उनीहरूले केटी प्राइसजस्तै देखिन सर्जरी तथा ब्युटी ट्रिटमेन्टमा यति धरै रकम खर्च गरेको बताइएको छ ।

kettyprice copy

३८ वर्षीया जोर्जीना क्लार्क र उनकी २० वर्षीया छोरी कायला मोरिस

३८ वर्षीया जोर्जीना क्लार्क र उनकी २० वर्षीया छोरी कायला मोरिसले आफ्नो शरीर र अनुहार सर्जरी गरेर केटीको जस्तै बनाएका छन् । यी आमाछोरी केटी प्राइसको ठूलो फ्यान हुन् । केटी प्राइसजस्तो सुप्रसिद्ध हस्तीको स्वरूप बनाउन पाउँदा आमाछोरी दंग भएका छन् । उनीहरूले जे चाहेका थिए, त्यो पूरा भएपछि पैसा खर्च भएकोमा पछूतो नभएको बताएका छन् ।
एक वेबसाइटका अनुसार कायलाले भनिन्, ‘मेरी आमा साथीजस्तै हुन् र प्लास्टिक सर्जरी गराएपछि हाम्रो सम्बन्ध झनै मजबुत भएको छ । सर्जरी गरेपछि हामीलाई ज–जसले भेटे, उनीहरूले केटी प्राइसजस्तै देखिएको बताए ।’ कायला एक पेशेवर स्ट्रिपर हुन् । उनले कमाएको पैसा आमालाई पनि दिन्छिन् । सर्जरी गर्न खर्चसमेत उनले उठाएकी हुन् । कायला १७ वर्षको उमेरदेखि स्ट्रिपिङ पेसामा छिन् ।

Comments