गीतकार संघ नेपालको रोजाइमा ‘ए चन्द्रमुखी’
screennepal
प्रकाशित: २०७२, १२ भाद्र शनिबार
no img

काठमाडौं । चलचित्र लेखक एवं वरिष्ठ गीतकार यादव खरेल ‘स्रष्टा सम्मान–२०७१’द्वारा सम्मानीत भएका छन् । गीतकार संघ नेपालद्वारा शुक्रबार राजधानीमा आयोजित ‘स्रष्टा सम्मान तथा वर्ष गीत पुरस्कार’ कार्यक्रममा खरेललाई १ लाख एक रुपैयाँसहित सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाओवादीका बरिष्ठ नेता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्मान प्रदान गरेका थिए ।

basanta thamsuhang
‘स्रष्टा सम्मान’बाट सम्मानीत भएपछि खरेलले स्रष्टाहरु अहिले जमिन्दारको कब्जामा रहेको बताए । उनले भने, ‘हामी अभिभावकविहिन बन्दैछौं । स्रष्टाले सिर्जनामा लगानी गरेर बजारमा जान नपाउँदै जमिन्दारीले कब्जा जमाइरहेका छन् ।’
यस वर्षको ‘वर्ष गीत पुरस्कार’ वसन्त थाम्सुहाङले पाएका छन् । ‘ए, चन्द्रमुखी’ गीतबाट ५१ हजार रुपैयाँ राशीसहितको उत्कृष्ट गीतकारको पुरस्कार पाएका हुन् । सोही अवसरमा श्याम तमोटलाई ‘विशिष्ट सम्मान’ प्रदान गरिएको थियो । ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’जस्ता प्रगतिशील गीतका रचनाकार श्यामलाई गीतिलेखनबाट पु¥याएको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहालले बताए । कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापा, किरण खरेल, पूर्वमन्त्री एवं गीतकार एसपी कोइरालालगायतको उपस्थिति थियो ।

Comments