नछोइने आकाश छुन खोजेछु भन्छन् लोकेन्द्र राई (भिडियो)
screennepal
प्रकाशित: २०७२, ११ भाद्र शुक्रबार
no img

नेपाली सांगीतिक क्षेत्रमा यादमा एल्बम लिएर प्रवेश गरेका लोकेन्द्र राई चर्चित नाम हो | लोकेन्द्र राईको पहिलो एल्बम यादमा बाटै राम सिटौलाको संगीत तथा डी.आर . को शब्दको पल पलको यादमा तिमी संगै रम्न पाउँ गीतले निकै चर्चा पाएको थियो |
rai-lokendra
यसैविच लामो समय पश्चात लोकेन्द्रले केहि महिना अघि सायद नामक सांगीतिक एल्बम सार्वजानिक गरे | सायद बाट उनको पहिलो गीत सायद तिम्रो मायामाको म्युजिक भिडियोले राम्रै चर्चा बटुल्न सफल भयो |एसियन म्युजिक ले बजारमा ल्याएको उनको एल्बम सायदमा रहेका सम्पूर्ण गीत संगीत उत्कृष्ट रहेको एसियन म्युजिकका प्रवन्धक इश्वर गुरुङ बताउछन् |

यसैबीच लोकेन्द्रले आफ्नो दोस्रो एल्बमको दोस्रो म्युजिक भिडियो नछोइने आकाश छुन खोजेछु बोलको गीतको म्युजिक भिडियो सार्वजानिक गरेका छन् |
रबि मल्लको गीत र राम सिटौलाको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन अधिकारीको निर्देशनमा हरि हुमागाईले छायांकन गरेका छन् भने एसियन म्युजिकले बजार ब्यबस्थापन गरेका छन् |
rai-lokendraq

Comments