ठोक मादल, खरी खसे शोभाले फेर्ने (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ८ भाद्र मंगलवार
no img

shova

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता तथा गायिका शोभा त्रिपाठी यसपालीको तिजका लागि ‘ठोक मादल खरी खसे फेरौला’ बोलको गीत लिएर आएकी छन् । एक नारायण भण्डारीको शब्दरचना रहेको यस गीतको उनले म्युजिक भिडियो समेत सार्वजनिक गरेकी छन् । भिडियोमा शोभाकै अभिनय रहेको छ । मोडल समेत रहेकी शोभा ‘तिज गायिका’को रुपमा चर्चित छिन् । उनले ८ वर्षदेखि तिज गीतलाई निरन्तरता दिँदै आएकी हुन् । उनका ‘यो तीजमा ठल्केरै नाचिन्छ’, ‘सांसदको छोरो’, ‘म त यस्तै छु’ र ‘करेली अचार’जस्ता चर्चित गीत छन् ।

Comments