मिङ्सको ‘तिमी मेरो पहिलो माया’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ६ भाद्र आईतवार
no img
mings lama

मिङ्स लामा, गायिका

काठमाडौं । ‘च्याङबा हो नाचौ’मार्फत पछिल्लो समय चर्चामा आएकी गायिका मिङस् लामा ‘तिमी मेरो पहिलो माया’ भन्दै श्रोता/दर्शकमाझ आउँदैछिन् । उनले आफ्नो नयाँ गीतको बोल ‘तिमी मेरो पहिलो माया’ जुराएकी छन् । यस गीतबाट मिङ्सले श्रोता÷दर्शकको माया बटुल्न सक्ने अपेक्षा लिएकी छन् ।

mings-lama4
‘तिमी मेरो पहिलो माया’ गीतमा मिङ्सलाई गायक सुरज श्रेष्ठले स्वरमा साथ दिएका छन् । यस गीतको शब्द तथा संगीत मिङ्सले नै गरेकी हुन् । यस गीतको म्युजिक भिडियोसमेत तयार भइसकेको उनले बताइन् । उनले यो साताभित्र भिडियो सार्वजनिक गर्ने बताएकी छन् ।

mings-lama1
पासाङ योञ्जन लामाले निर्देशन गरेको म्युजिक भिडियोेमा तनुजा गुरुङ र सोनाम पाख्र्रिनले अभिनय गरेका छन् । भिडियोमा अमृत सुनुवारको छयांकन, निशान घिमिरेको सम्पादन र चन्द्र गुरुङको श्रृंगार रहेको छ । मिङ्सको ‘च्याङबा हो नाचौ’ गीतको भिडियो श्रोता/दर्शकले निकै रुचाएका थिए । ‘इट्स ह्याप्पेन’ एल्बममार्फत संगीत बजारमा गायकी पहिचान बनाएकी उनले हालसम्म दर्जनभन्दा बढी गीत गाइसकेकी छन् ।

mings-lama5

Comments