नेपाली सिनेमा ‘होस्टेल रिटर्न्स’को उत्साहजनक व्यापार
screennepal
प्रकाशित: २०७२, ४ भाद्र शुक्रबार
no img

सिनेमा होस्टेल रिटर्न्सको प्रर्दशनको पहिलो दिन उत्साहजनक ब्यापार देखिएको छ, भूकम्प पछी सुस्ताएको सिनेमा बजार फेरी जुर्मुराउने संकेत पनि यो सिनेमाको पहिलो दिनको दर्शक भिडले देखाएको छ । आज बात देश भरका करिब ८० पर्दा बाट रिलिजमा आएको यो सिनेमाको अधिकांश सिनेमा घरहरुमा करिब ८०% माथी अकुपेंशी रहेको बुझिएको छ ।
hostel-returns

होस्टेल रिटर्न्सको बिहानीक शोहरुमा राजधानीका मल्टिप्लेक्समा दर्शकको चाप उच्च रह्यो भने गोपी कृष्णका दुवै हलमा हाउसफुल रह्यो, गोपिकै अर्को हलमा पनि दर्शकको राम्रो उपस्थिति देखिन्थो । पोखराका, हेटौडा, चितवन तथा देशका अन्य ठुला सहरहरुमा समेत दर्शकको उपस्थिति निकै उत्साह जनक रहदै ८०% भन्दा माथि अकुपेन्सी रहेको निर्माण पक्ष तथा हल संचालकले बताएका छन ।
हिन्दी तथा अंग्रेजी सिनेमाहरुले भने नेपाली हलमा खासै कमाल देखाउना सकेनन जति होस्टेल रिटर्न्सले सुरुवाती व्यापार गरेको छ, ‘एक हिसाबले राम्रो नेपाली सिनेमा बन्यो भने बिदेशी सिनेमालाई समेत पछार्न सक्छ भन्ने उदाहरण हो यो’ सिनेमा पण्डितहरु बताउछन । यो क्रम भोली शनिबार बार झनै बढेर जाने देखिन्छ । युवाहरुको कथामा बनेको सिनेमा भएकाले हलहरुमा प्रया युवा समुहकै दर्शक देखिएका छन ।
फस्ट डे व्यापार बाट सिनेमा युनिट उत्साहित, सिनेकर्मिहरु द्वारा बधाई तथा शुभकामना
आजको व्यापार देखेर निर्माता सुनिल रावल, निर्देशक सुरज भुषाल तथा नायक सुशील श्रेष्ठ ,नाजिर हुसेन, सशी श्रेष्ठ लगायतका कलाकारहरु पनि निकै उत्साहित देखिएका छन । सिनेमा युनिट आज उपत्यकाका हलहरुमा पुगी सिनेमा बारे दर्शक संगै बसेर प्रत्यक्ष प्रतिक्रिया समेत लिएको थियो ।
उता सिनेमा राम्रो चलेकोमा खुशी व्यक्त र राम्रो सफल होस् भन्ने कामना सहित खास गरी युवा सिनेकर्मीहरुले होस्टेल रिटर्न्सलाई बधाई तथा शुभकामना दिई फेसबुक तथा ट्विटर स्ट्याटस समेत लेखेका छन ।

Comments