ट्विन्कल भन्छिन्, ‘अक्षय मेरो सम्पादक’
screennepal
प्रकाशित: २०७२, ३ भाद्र बिहीबार
no img

मुम्बई । बलिउड अभिनेत्री ट्विन्कल खन्ना पुस्तक लेखिकाको रुपमा आएकी छन् । यसअघि स्तम्भकारको रुपमा समेत चिनिँदै आएकी यी अभिनेत्रीले आफ्नो पहिलो पुस्तक ‘मिसेज फन्नीबोन्स ः शीज जस्ट लाइक यू एन्ड अ लास्ट लाइक मी’ ल्याएकी छन् ।

Akshay Kumar Twinkle Khanna
ट्विन्कलको पुस्तक सार्वजनिक भएपछि बलिउड अभिनेता आमिर खानले उनीमाथि मजाक पनि गरे । आमिरले छन्, ‘मलाई ट्विन्कल पुस्तक लेख्छिन् भन्ने लागेकै थिएन ।’ आमिर र ट्विन्कलले सन्् २००० मा धर्मेश दर्शनको फिल्म ‘मेला’ मा सँगै काम गरेका थिए । तर, उक्त फिल्म बक्स अफिसमा सफल हुन सकेन । आमिरले भने, ‘म ट्विन्कलका स्तम्भ सधैं पढ्दै आएको छु । तर, पुस्तक लेख्दैछु भन्नेचाहिँ मजाक गरेजस्तो लाग्यो । यसो भनेर उनले पुस्तक लेख्न सक्दिनन् भनेको होइन । उनी लेख्न सक्छिन् ।’
भारतबाट प्रकाशित एक मुख्य समाचारपत्रमा स्तम्भ लेख्दै आएकी ४० वर्षीया अभिनेत्री ट्निन्कलको मंगलबार साँझ आफ्नो पहिलो पुस्तक ‘मिसेज फन्नीबोन्स ः शीज जस्ट लाइक यू एन्ड ए लास्ट लाइक मी’ को विमोचन गरेकी हुन् । पुस्तक विमोचनका अवसरमा आमिरले भने, ‘मैले उनीसँग (ट्विन्कल) एक फिल्ममा काम गरेको छु । ट्विन्कल हाँसीमजाक गर्न रुचाउँछिन् । म उनको नयाँ कदमका लागि धेरै–धेरै शुभकामना दिन्छु ।’
पुस्तक विमोचनकै अवसरमा निर्माता करण जौहरले आमिरलाई सोध्दै भने, ‘के ट्विंकल एक प्रतिभाशाली अभिनेत्री हुन् ? मलाई त यति थाहा छ, उनी एक प्रतिभाशाली महिला हुन् ।’
आफ्नो पुस्तक सार्वजनिक कार्यक्रमा ट्विन्कलले आफ्नो लामो फिल्मी यात्राबारे स्मरण गरेकी थिइन् । ‘मिसेज फन्नीबोन्स’को स्तम्भकारका रुपमा चर्चित ट्विन्कलले भनिन्, ‘मलाई सानैदेखि लेख्न रुचाउँथेँ । तर, दुई वर्षयता निरन्तर लेख्दै आएकी छु । मेरो सम्पादक अक्षय कुुमार नै हुन् ।’ पुस्तक विमोचनमा डिम्पल कपाडिया, अक्षय कुमार र उनका नजिकका मित्र आमिर खान, करण जोहरलगायत थिए । कार्यक्रममा अतिथिका रुपमा जया बच्चन, सुजैन रोशन र सोनाली बेन्द्रे सहभागी थिए । (एजेन्सी)

Comments