२५ जनाले लिए आधारभूत पत्रकारिता तालिम
screennepal
प्रकाशित: २०७२, २३ श्रावण शनिबार
no img

काठमाडौं । लिम्बू पत्रकार संघ उपत्यका समितिको आयोजनामा राजधानीमा ‘दुई दिने आधारभूत पत्रकारिता तालिम’ सम्पन्न भएको छ । ललितपुरस्थित याक्थुङ चुम्लुङ हिममा बिहीबार र शुक्रबार आयोजित तालिममा २५ जना प्रशिक्षार्थी सहभागी थिए ।

234

तालिम समापनपछि सामूहिक तस्बिर खिचाउँदै सहभागी ।

तालिममा पत्रकारिता अध्ययन गरिरहेकाले सहभागी जनाएका थिए । उनीहरुलाई समाचार रिर्पोटिङ, लेखन, सम्पादन र समाचारका विशेषतालगायत पत्रकारिताका आधारभूत विषयमा प्रशिक्षण दिएइको थियो । प्रशिक्षार्थीलाई अन्नपूर्ण पोष्टका पत्रकार राजकुमार दिक्पाल, नागरिक दैनिकका रोशन साँवा, उज्यालो एफएमका सेन्छेहाङ पतङ्वा र एबिसी टेलिभिजनका रेमन देवनले प्रशिक्षण दिएका थिए । साथै, प्रशिक्षार्थीले पत्रकारिताको गहनता र संवेदनशीलताबारे पनि प्रशिक्षण लिए । तालिममा सहभागीमध्ये सुरेश लिम्बूले भने, ‘यस तालिमबाट पत्रकारिताबारे धेरै कुरा सिक्ने मौका पाएँ । पत्रिका पढिन्थ्यो, तर समाचार कसरी लेखिन्छ भन्ने थाहा थिएन । यो कुरा यस तालिममा सहभागी भएर थाहा पाएँ ।’

123

प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै कियाचुका केन्द्रीय कोषाध्यक्ष गोविन्द आङबुङ । तस्बिर / सुक तुम्रोक

पत्रकारितामा रुचि भएर पनि तालिम र अवसर नपाएकाहरुका लागि प्रशिक्षण दिएको समितिका अध्यक्ष भीमहाङ थाङ्देनले बताए । ‘देश संघीयतासँगै नयाँ संविधान आउने तयारी रहेको अवस्थामा छ । यस अवस्थामा पत्रकारले जनताको पक्षमा खबरदारी गर्न आवश्यकता छ’ अध्यक्ष थाङ्देनले भने, ‘तर, पछिल्लो समय मर्यादित र सम्मानीत पत्रकारिता पेसामा विश्वसनीयता गुम्दै गएको छ ।’ समितिले आगामी दिनमा पनि यस्तै किसिमका तालिम दिँदै जाने अध्यक्ष थाङ्देनले बताए ।
तालिम समापन कार्यक्रममा लिम्बू पत्रकार संघकी केन्द्रीय सचिव सीता सिंघक, केन्द्रीय कोषाध्यक्ष मिलन लिम्बू, किरात याक्थुङ चुम्लुङका केन्द्रीय कोषाध्यक्ष गोविन्द आङबुङलगायतको उपस्थिति थियो । तालिममा सहभागी प्रशिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक राजकुमार दिक्पालले प्रमाणपत्र प्रदान गरेका थिए ।  लिम्बू पत्रकार संघ केन्द्रीय समितिको दोस्रो राष्ट्रिय अधिवेशन यही आउँदो भदौ ५ र ६ मा राजधानीमा हुँदैछ ।

Comments